• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
फेशन

नेपालमा ‘डिजाइनर अफ द इयर’ हुने

काठमाडौं – नेपाली फेसन डिजाइनरका सृजना अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्दै फेसन डिजाइनरको सृजनात्मक कलाको सम्मान गर्ने उदेश्यले ‘डिजाइनर अफ द इयर’ प्रतियोगिता आयोजना हुने भएको छ ।

 

नेपाल पहिलो पटक आयोजना हुन लागेको फेसन डिजाइनरहरु बिच प्रतिस्पर्धा रहने यो प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले आयोजना गर्न लागेको हो ।

 

प्रतियोगिताको उदेश्य उत्कृष्ट फेसन डिजाइनरको चयन गर्ने विजेता डिजाइनरको सृजना र प्रतिभालाई अन्तराष्ट्रिय बजारमा प्रस्तुत गर्ने रहेको नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले बताए ।

 

रविका अनुसार डिजाइनर अफ द इयरको बिजेता फेसन डिजाइनरले कोरियामा आयोजना हुने एलबिएमए स्टार अवार्डस् २०१९, पुणे फेसन विक २०१९ तथा फेसन एक्स्पो २०१९ मा सहभागीता जनाउदै आफ्नो कलेक्सन प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् । यसको अलवा ‘मिलान फेसन वीक’मा समेत सहभागिता अवसर प्राप्त गर्ने उनको भनाई रहेको छ ।

 

सहभागी डिजाइनरले प्रतियोगीमा स्पेशल ग्रुमिङ कक्ष, सेल्फ मार्केटिङ, फेसन उद्यम, संचार, मिडिया मार्केटिङ लगायतका तालिम समेत लिन पाउँनेछन् ।

 

प्रतियोगीतामा सहभागीलाई सम्बन्धीत क्षेत्रका फेसन विज्ञ र जानकारवालासँग समेत अन्तक्र्रिया हुनेछन् ।

 

प्रतियोगिताको उत्कृष्ट डिजाइनर चयन अन्तर्राष्ट्रिय स्तरको भब्य स्टेज सेटअपका साथमा राजधानीको तारे होटलमा भव्य कार्यक्रम सहित गरिने आयोजक रुपमा संचालन गरिने आयोजक नेक्स्ट मोडल्सका प्रवन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन् । 
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार