• बिहीबार १२-७-२०७५/Thursday 03-21-2019
रंगमञ्च

‘भर्खर क्यारियर शुरु भएको छ, बिवाह त कहाँ हो कहाँ’

अभिनयको शुरुवात

 

मलाई बाल्यकाल देखि नै अभिनय प्रति मोह थियो । मैले अभिनय खासै नबुझे पनि अभिनेत्रीहरु गौरी मल्ल, निरुता सिंह लगायत त्यतिबेला चर्चित हुनुहुन्थ्यो । उहाँहरु अभिनित चलचित्रहरु म प्राय हेर्थे त्यसैबाट पनि मैले धेरै कुराहरु सिक्ने अवसर पाए भन्दा खासै फरक पर्दैन । 


‘कथा ७२’


अब ‘कथा ७२’ लाई बिभिन्न च्यारिटी शोहरुमा देखाउने कुरा भइरहेको छ । चलचित्रले मलाई राम्रै सहयोग गर्यो । यो मेरो पहिलो चलचित्र पनि हो र यसमा अभिनय गर्दा धेरै रमाइलो भयो । धेरैले दर्शकहरुले मलाई म चलचित्रमा र बाहिर धेरै नै बेग्लै देखिन्छु भन्ने जस्ता प्रतिक्रियाहरु दिनु भइरहेको छ । 

 


 

रगंमञ्चको आकर्षण 


म पत्रपत्रिकाहरु हेर्थे । कला साहित्य पृष्ठमा मेरो आँखा अडिन्थे । रंगकर्मी दयाहाङ राई, सौगात मल्लले नाटममा गर्नुभएको बेजोड प्रस्तुतिको फोटाहरुमा छुट्टै शक्ति भएको भान हुन्थ्यो । ती फोटोहरुले मलाई नाटकबारे झनै बुझ्ने इच्छा बढेर गयो र सायद अखबारका पृष्ठहरुमा देखिएका नाटकबारे छापिएका फरक तस्वीरहरुले मेरो यस प्रतिको कौतुहलताको दायरा झनै फराकिलो बन्दै गयो । म रंगमञ्चमा प्रवेश गर्नुमा अखबारमा छापिएका ती नाटकका फोटो फिचरहरुको पनि भूमिका छ जस्तो मलाई लाग्छ । यसपछि हरेक दिनहरुमा नाटकबारे बुझ्न चाहने मेरो भोक बढ्न थाल्यो । म अभिनय सिक्ने निर्णयमा पुगे । मलाई जसरी नी अभिनय सिक्नु थियो । त्यसपछि म सर्वनामा थिएटरमा तीन महिनाको अभिनय कक्षामा भर्ना भए ।

 

रंगमञ्चमा पाइला

 

चरित्रमा न्याय गर्नु सक्छु कि सक्दिन भन्ने डर त मनमा भइनै हाल्छ । मञ्चमा दर्शकहरु माझ प्रस्तुत हुँदा चरित्रका उतार चडावहरु प्रष्टसँग प्रस्तुत हुने मनोवल बढ्दै जाने महशुस भएको थियो । मैले करिब सात देखि आठवटा जति नाटकहरु गरे । किनारको कथा, त्री–आयाम, कुरमार जी आज्ञा गर्नुहुन्छ, मेटासिड लगायतका नाटकहरुमा मैले अभिनय गरेकी छु । त्री–आयाम चाहि मैले नै निर्देशन गरेको नाटक हो । 

 

 

पहिलो डकुमेण्ट्री चलचित्र

 

म सर्वनाम मै थिए । एकजना मंगोलियन अनुहार भएको क्यारेक्टरको आवश्यक भएको थाहा पाए । त्यो आज भन्दा करिब चार बर्ष अघिको कुरा हो, जसले चलचित्र बनाउदै हुनुहुन्थ्यो उहाँले मैले गरेको नाटकहरु पनि हेर्नु भएको रहेछ । मलाई उहाँहरुले फोन गर्नुभयो । मलाई चलचित्रको बारेमा खासै थाहा थिएन । मेरो अभिनयले सायद उहाँहरुको मन छोयो र चलचित्रमा पनि मैले न्याए गर्न सक्छु भनेर नै उहाँहरुले मलाई लिनुभयो । चलचित्रको व्यानर, कस्तो किसिमको चलचित्र केहि पनि सोधिन मैले सिधै हुन्छ म काम गर्छु भनिदिए ।

 

रंगमञ्च र चलचित्रबाट अपेक्षा 

 

नेपाली चलचित्र उद्योग अहिले केही राम्रो भएको छ जस्तो लाग्छ । राम्रा राम्रा चलचित्रहरु प्रदर्शमा अइरहेका छन् । अहिले दर्शकहरुले पनि नेपाली चलचित्रलाई माया गर्न थाल्नु भएको छ ।  बिगत केही वर्ष अघि केही खस्किएको पनि थियो तर अहिले यसमा धेरै सुधारहरु आएका छन् । पछिल्ला समयमा भने नेपाली चलचित्र क्षेत्रबाट केही आशाका किरणहरु देखिन थालेका छन् । राम्रो व्यानरहरु आएका छन् । हाम्रो मौलिक कथा र परिबेशहरुले ठाउँ पाएको छ । रंगमञ्चका कलाकारहरुलाई चलचित्रको पर्दामा दर्शकले रुचाइदिनु भएको छ । विस्तारै परिर्वतन हुँदैछ । नाटकमा तुलनात्मक रुपमा कम पैसा छ तर यसले दिने खुसी धेरै छ । अहिले पारिश्रमिक पनि राम्रो हुँदै जान थालेको छ । 

 

प्रेम र विवाह 

 

प्रेममा पर्ने भन्दा पनि स्कुल र कलेजहरु पढ्दा आफुलाई मन पराउने र मन पर्ने त अवश्य नै भईनै हाल्थ्यो । तर अहिले त प्रेम प्रस्ताव राख्ने हिम्मत कसैको छ जस्तो मलाई लाग्दैन । अहिले प्रेम धेरै सस्तो भइसकेको छ । जसले पनि सजिलै भन्न सक्छ । अहिले प्रेम–प्रस्ताव राख्ने तरिका  अर्थहिन भएको छ । फेरी माया प्रेम एकतर्फी मात्र भएर पनि त हुँदैन । त्यसैले पनि मलाई प्रेम प्रस्ताव राख्न कमैले हिम्मत गर्छन । विवाह, भर्खर त क्यारियर शुरु भएको छ । 

 

 

आगामी योजना

 

यसमा उमेरसंगै इच्छाहरु पनि फेरिदै जाने रहेछन । कुनै समय डान्समा मेरो लगाव थियो । अहिले अभिनय कै क्षेत्रमा केहि नयाँ गर्नुपर्छ भन्ने छ । ‘कथा ७२’ मा अभिनय गरे संगै अन्य अवसरका ढोकाहरु पनि खुल्दै जानेमा आशावादी छु । मलाई मन पर्न, दर्शकको मन जित्ने चरित्रहरुमा काम गर्न इच्छा छ । जहाँ मैले गरेको भूमिकाले कुनै अर्थ राख्दैन त्यस्तोतर्फ मलाई रुची छैन । अभिनयबाट टाढा हुन सक्दिन । म राम्रो र मन छुने स्कृप्टहरु आएको खण्डमा काम गर्न तयार छु ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार