• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
विचार

माक्र्सवाद, आकर्षण र अन्योल

यो शताब्दीको अन्त्यसम्ममा एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका अनेक देशहरुमा माक्र्सवादको आर्कषण अत्याधिक बृद्धि हुनेछ भने माक्र्सवादको आर्थिक दर्शनको वीजारोपण भएका दुइ महान राष्ट्रहरु– शोभियत रुस र चीनले माक्र्सवादी आर्थिक दर्शनलाई ‘त्याग्ने’ वा यसको बिचार शैलीमा मौलिक परिवर्तन ल्याउने सम्भावना पनि त्यतिकै बढ्दै गएको छ । रुस चीन वा दुनियाँको कुनै पनि देशमा माक्र्सवादी आर्थिक शासन पद्धतिको आधार बने पनि नबने पनि माक्र्सवाद प्रतिको आकर्षण कमी आउने कुनै सम्भावना अहिलेलाई देखिंदैन ।

 

आर्थिक बिकासका लागि छटपटाइरहेका बिकासशील मुलुकहरुको त कुरै छाडौं विकसित विश्वमा पनि माक्र्स उत्तिकै लोकप्रिय हुनुहुन्छ । कसैको लागि माक्सैवाद बिचारको फेसन हो भने अरु कत्तिका लागि मुक्तिको बाटो । माक्र्स अखिर यती लोकप्रिय कनि हुनुहुन्छ ? माक्र्सवाद आजको संसारमा किन यती बढी चर्चित र विचारोत्तेजक राजनीतिक सिद्धान्त बनेको छ ? अखिर माक्र्सवादमा के छ जसले दुनियाँका आधा भन्दा बढी मानिसलाई आकर्षित गरेको छ । आज जुन माक्र्सवाद छ के त्यो साँच्चै माक्र्सका परिकल्पना अनुसारको माक्र्सवाद हो त ? आज माक्र्सका नाममा जे जति कार्य दुष्कार्य भएका छन् के ती सबै माक्र्सको परिकल्पना अनुसार भएका छन् त ? यी केही यस्ता प्रश्नहरु हुन जसको उत्तर खोज्नु पर्ने बेला भइसकेको छ र प्रत्येकले यो सोच्नु पर्ने कुरा भएको छ । 

 

सन् १८१८ मा जर्मनीको ट्रावरमा जन्मिनु भएका कार्लमाक्र्स सुविधाभोगी क्रान्तिकारी हुनुुहुन्थ्यो । उहाँको जीवन साँचो अर्थमा क्रान्तिकारीको जीवन थियो । माक्र्सको जन्म हुँदा युरोपमा औद्योगिक क्रान्तिको वातावरण निर्माण हुँदै थियो । वास्तवमा भन्ने हो भने औद्योगिक क्रान्तिकै वातावारणमा माक्र्स हुर्कनु भयो । दर्शन शास्त्रमा डाक्टरेटको उपाधि प्राप्त गर्नुभएपछि उहाँले पत्रकारको रुपमा आफनो जीवन प्रारम्भ गर्नुभयो । पत्रकारको रुपमा उहाँको गतिविधि तत्कालीन जर्मन सरकारलाई सह्रा्र भएन । उहाँ देश निकाला गरिनुभयो र फ्रान्स पुग्नुभयो । फ्रान्समा उहाँ समाजवादी बन्नुभयो फ्रान्समा पनि उहाँका गतिविधी सरकारलाई असाह्रा्र भएपछि त्यहाँबाट निकालिएर उहाँ बेलायत पुग्नुभयो । बेलायतमा उहाँले सन् १९४० को मध्यतिर ‘पूंजी’ नामक महाग्रन्थको थालनी गर्नुभयो । माक्र्सको यही ग्रन्थ प्रजातान्त्रि र प्रगतिशील समाजवाद, साम्यवाद र आज चलेका अन्य कतिपय वामपन्थी विचार धाराको मुल स्रोत हो । 

 

माक्र्सले प्रतिपादन गर्नुभएइको सिद्धान्त अनुसार पूंजीवाद भनेको उत्पादन र वितरणको त्यो प्रणाली हो जहाँ उत्पादनका साधनहरुको स्वामित्व र व्यवस्थापन पूंजीपतिको सानो वर्गले गर्दछ । त्यो पूंजीपति वर्गले मजदुर वर्गको श्रमशक्ति किन्दछ, उत्पादन माथि कठोर स्वामित्व राख्दछ र नाफा कमाउने उदेश्यले बजारमा ती उत्पादनहरुको बिक्रि गर्दछ । त्यस्तै समाजवादमा उत्पादनका साधनहरु माथि सामूहिक स्वामित्व हुन्छ । त्यसको सामूहिक व्यवस्थापन गरिन्छ । अर्थिक अतिविधिहरु योजनावद्ध ढंगले केन्द्रीय रुपमा संचालित गरिन्छ । अर्थिक र सामाजिक समानताको उपल्लो हद प्राप्त गर्ने प्रयत्न गरिन्छ र राज्यका मार्फत रमजनीतिक शक्तिहरु काम गर्नेहरुको वर्गमा केन्द्रीत हुन्छ । द्धन्द्धात्मक भौतिकवाद माक्र्सको दर्शनको आधार हो । माक्र्सका विचारमा शोषण, उत्पादन बृद्धि, राज्य र अन्य विसंगतिहरु पछि पुंजीवाद र समाजवादको क्रमिक विकास हुन्छ र अन्तयमा शोषणविहीन साम्यवाद समाजको निर्माण हुन्छ । 

 

 

माक्र्सले प्रतिपादन गर्नुभएका सिद्धान्तको आ–आफना ढंगले व्याख्या भइरहेको छ र यो व्याख्याको क्रम अझै चल्दैछ । अनेक उतारचढाव र अनेकौं अन्तरहरुले माक्र्सवादी परिकल्पनालाई ढालिसकेका छन् र सिद्धान्तमा नै अनेक परिवर्तनहरु आइसकेका छन् । यस स्थितिमा माक्र्सवादको मुल मान्यताको पहिचान अरु जरुरी छ ।

 

मोटा मोटी रुपले माक्र्सवादी सिद्धान्त काम गर्ने वर्गको हातमा राजनीतिक शक्ति : सार्वजनिक स्वामित्व तथा आर्थिक प्रजातन्त्र केन्द्रीय आधारमा योजनाहरुको निर्माण, बृहत्तर आर्थिक समानता उत्पादन शत्तिको बिकास र विस्तारद्धारा समाजवादतिर जनतालाई डोर्‍याउने कुरामा बिश्वास गर्दछ ।

 

माक्र्सवाद तीन विविध चरणहरुबाट गुज्रिसकेको छ । माक्र्सको मौलिक चिन्तामा लेनिनले पूँजीको एकाधिकारवाद, सम्राज्यवाद र क्रान्तिको सिद्धान्त मिसाउनु भयो । त्यसपछि माक्र्सवादसंगै लेनिनवाद पनि गाँसियो । माक्र्सवादी सिद्धान्तका आलोचना हुँदा लेनिन जवाब दिने गर्नुहुन्थ्यो । विश्व परिवर्तनशील छ, विकासका नयाँ नयाँ अवधारणा बन्दैछन् र सैद्धान्तिक मान्यताहरुमा परिष्कार भइरहने गर्दछन् । वास्तवमा लेनिनले माक्र्सलाई कहिले पनि गलत भन्नुभएन । उहाँको साम्राज्यवाद सम्वन्धी सिद्धान्तले माक्र्सवादी बिचारलाई नयाँ दिशा प्रदान ग¥यो । 

 

माक्र्सको सोचाई अनुसार क्रान्ति परिपक्क पूँजीवाद मुलुकमा मात्र हुन सक्ने कुरा हो । लेनिनले रुसको क्रान्ति सफल भएपछि इरान, टर्की, भारत र चीनमा पनि क्रान्तिलाई प्रवाहित गर्न सकिन्छ कि भनेर सोच्नु भएको थियो ।

 

माक्र्सवादी सिद्धान्तको प्रयोग भिन्न समाजमा भिन्न तरिकाले भइरहेको छ । ल्याटिन अमेरिकी मुलुकका विचारकहरुले सन् १९५०–६० तिर प्रतिपादन गरेको निर्भरताको सिद्धान्त (थ्योरी अफ डिपेन्डेन्सी) मार्कवादको पछिल्लो र लोकप्रिय अवधारणा रह्यो । चीनमा माओ–त्से–तुङले माक्र्सवादको प्रयोग सर्वथा नौलो र मौलिक ढंगले गर्नुभयो । क्युवामा फिदेल क्यास्त्रोले बेग्लै धरातलमा, बेग्लै माक्र्सवादी सिद्धान्तको प्रतिरोपण गर्नुभयो । अफ्रिकी नेता क्वामे नक्रुमाले साम्राज्यवादको पछिल्लो अवस्थाका रुपमा नवउपनिवेशवादलाई पहिचान गर्नुभयो । यसरी नै भित्र क्षेत्रमा भित्री राजनीतिक पृष्ठ–भुमिहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष माक्र्सवादले आफनो प्रभाव विस्तार गर्दै गएको छ । 

 

माक्र्सका अनुसार पूँजीवाद भनेको उत्पादन र वितरण प्रणालीको त्यो अवस्था हो, जहाँ पूँजीपति वर्गको एउटा सानो समुहले उत्पादनको स्वामित्व र संचालन दुबै लिएको हुन्छ । यसले मजदुर वर्गको श्रम शक्ति किनेको हुन्छ, उत्पादित वस्तुहरुलाई आफनो कब्जामा राख्छ र नाफा गर्ने उदेश्यले त्यसलाई बजारमा बेच्छ । तर समाजवादमा उत्पादन र वितरण प्रणालीको स्वामित्व सामुहिक हुन्छ । त्यसको संचालन पनि सामुहिक रुपले नै हुन्छ । अर्थिक र सामाजिक समानता चर्को रुपमा खोजिन्छ र राज्यका मार्फत शासनसुत्र जनताको हातमा हुन्छ । समाजवादको आवश्यकता अनुसार वितरण प्रणाली निर्धारण गरिन्छ । 

   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार