• बिहीबार ३-५-२०७६/Thursday 06-20-2019
विचार

सरकार ! सडक लोकमार्ग बनाउने कि कालमार्ग

देवी सापकोटा  । केहिदिन अघि तुलसीपुर उपमहानगरपालिकाको राम्री भन्ने ठाउँमा कहालीलाग्दो सडक दुर्घट्ना भयो । अध्ययन भ्रमणको उक्त बसमा अधिकांश स्कुले बालबालिकाहरु थिए । तीब्र गतिका कारण बस अनियन्त्रित भइ बस खसेको स्थानिय प्रहरीले अनुमान गरेको छ । घुमाउरा सडक र सुरक्षाका लागि आवश्यक मिरर तथा सूचना लेखिएका बोर्ड हुदैनन् । नेपालका अधिकांश सडकको नियती हो यो । सडक यात्रा हाम्रो लागि अभिन्न हो । सडक विना गन्तब्यमा पुग्न कठिन छ । सडक निर्माणले जुन चर्चा पाउँछ त्यसको अनुपातमा सडकले मापदण्ड पुरा गरेको हुँदैन । आम दुरदराज जोडने सडकको अवस्था झनै नाजुक छ । तिब्र गती र सडकमा आवश्यक सुचना सन्देश दिने बोर्डहरु राख्न सके केहि भए पनि दुर्घटना कम हुने थिए ।  

 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष १३ लाख बढी मानिसहरुको सडक दुर्घटनामा परि मृत्यु हुने गरेको छ । जसमा २ लाख ६० हजार पदैल यात्रु छन् । नेपालमा सडक दुर्घटनामा परि वार्षिक दुई हजार बढीको मृत्यु हुने गरेको र सयौं अँग भँग हुने गरेको तथ्याङमा छ ।

 

सरकार सडक निर्माण भन्दै लागिरहेको छ । निर्माणको काममा पनि ठुलो आर्थिक चलखेल छ । सडक निर्माणका लागि भनेर प्रर्याप्त बजेट नआउनु र भएको बजेट पनि समुदायमा पुग्दा थोरै जान्छ । थोरै बजेट मापदण्ड नपुरर्‍याइकन सडक बनाउँदा तिनै सडकले आज धेरैको ज्यान लिएको छ । सरकार सडक बनाउने तर त्यसको सुरक्षाको कति पनि चासो लिइरहेको छैन । सरकारको दायित्व भनेको सुरक्षित सडक बनाउने हो न कि ज्यान मार्ने।

 

नेपालमा राणा शासन कालमा नै मोटरगाडी भित्रिएको हो । २००७ साल अघि नै नेपालमा दुई दर्जन बढी सवारी साधन थिए । नेपालको भौगोलिक अवस्था र कतै पनि समुद्रले नछोएको हुनाले सडक मार्ग भएर यात्रा गर्नु बाहेक विकल्प छैन । सडक यात्रा हाम्रो लागी अनिवार्य हो । त्यो समयदेखि अहिलेसम्म आइपुग्दा सवारी साधनको चाप हरेक दिन जसो बढ्दो छ । यसले धमाधम सडक बन्नुलाई मात्रै विकास मान्न सकिएला तर सडकमा गुड्ने सवारी साधन सडकको मर्मतमा सुधार तुलनात्मक रुपमा कम हुन्छ ।

 

 विदेशका कतिपय मुलुकमा सवारी साधनका पाटपूर्जा हप्ता हप्तामा चेकजाँच गर्नुेपर्ने नियम छ । सवारीको गति मापन हुन्छ तर नेपालमा कतिपय सवारी साधन वायूमन्डललाई दुषित बनाउँदै बर्षौं बर्षसम्म सड्कमा गुडिरहेका छन् । शहरीकरणले छोएका ठाउँहरुमा यदाकदा ट्राफीक प्रहरीले चेकजाँच गरे पनि ग्रामीण भेगमा गुड्ने बसहरुमा कुनै पनि किसिमको जाँच भएको पाइदैंन । यसमा न त कुनै पनि सवारीको गति कति छ भन्ने नै मापन हुन्छ  । यसका बारेमा न आम नागरिक जागरुक हुन सकेका छन् । न हाम्रा नेता तथा सरकारी कर्मचारीलाई नै मतलव छ ।

 

यसो हुनुको कारण  उनीहरु सार्वजनिक सवारी साधनमा यात्रा गर्दैनन् । त्यो जरुरी पनि ठान्दैन्न ।  यस्तो ब्यवहारले न सडक सुधारमा चासो देखिन्छ न सवारीको अवस्थाप्रति  उनीहरु गम्भीर भएको । नेपाल जस्तो पहाड कुना कन्दराहरु भएको देशमा सडक निर्माण कार्य आफैंमा जोखिमपूर्ण कार्य हो । त्यसमा पनि मर्मत संम्भार समयमा नहुँदा र साथै सरकारले ब्यस्थापकिय पक्षमा ध्यान नपुर्‍याउँदा जोखिम झनै बढिरहेका देखिन्छ । 

 

सरकार सडक निर्माण भन्दै लागिरहेको छ । निर्माणको काममा पनि ठुलो आर्थिक चलखेल छ । सडक निर्माणका लागि भनेर प्रर्याप्त बजेट नआउनु र भएको बजेट पनि समुदायमा पुग्दा थोरै जान्छ । थोरै बजेट मापदण्ड नपुरर्‍याइकन सडक बनाउँदा तिनै सडकले आज धेरैको ज्यान लिएको छ । सरकार सडक बनाउने तर त्यसको सुरक्षाको कति पनि चासो लिइरहेको छैन । सरकारको दायित्व भनेको सुरक्षित सडक बनाउने हो न कि ज्यान मार्ने।

 

त्यसमा सडकको अवस्था सवारी कन्डिसनमा छ  छैन भन्ने कुरा सडकमा हिड्ने पैदल यात्रु, बाटोको बनोट र जनचेतनाको अभावको कारण दुर्घट्ना हुने सम्भावना बढी हुन्छ । मादक पदार्थ सेवन सडक अनुशासनबारे जानकारीको अभाव तथा त्यसको लापरवाही, जथाभावी सवारी साधन पार्किङ्ग, सिकारु चालकको सवारी हाक्नु, सवारी चालक अनुमती पत्र बिना नै सवारी चलाउने प्रवृती । ट्राफिक नियमलाई गम्भीरतापुर्वक नलिने प्रवृत्ति रात्री सेवामा चल्ने बसहरुमा चालक दुईजना अनिवार्य राख्नुपर्ने आलो पालो गरेर चलाउनुपर्ने नियम छ तर एउटै चालकलाई जतिसुकै लामो दुरी भएपनि चलाउन बाध्य पारिन्छ दुर्घट्नाको प्रमुख कारण यो पनि हो त्यस्तै अन्य कारणहरु पनि छन । सवारी दुर्घट्ना खासगरी सडकका कारण पनि हुनेगरेका छन् । साँघुरा तथा अब्यवस्थित सडकहरु सडक चिन्ह, सडक बत्तिको अभाव सबै प्रकारका सवारी साधन एउटै सडकमा गुड्नु पर्ने वाध्यता । कुनै नयाँ विस्तार भएका सडकमा गहन अध्यन बिना नै सार्वजनिक सवारी चलाइनु रहेका छन् । 

 

कुल सवारी साधनमा ७० प्रतिशत भन्दा बढी मोटरसाइकल छन् । नेपालमा अहिले तुलनात्मक रुपमा ठूला सवारी साधन भन्दा मोटरसाइकल दुर्घट्नाका समाचार बढी आउँछन । सार्वजनिक सवारी साधन भन्दा बढी दुई पांग्रे सवारी साधन दर्ता बढी छ । ट्राफिक महासाखाका अनुसार कुल दुर्घट्नामा ४८ प्रतिशत सडक दुर्घटना राजधानी उपत्यकामा  हुन्छन् । प्रति १० हजारमा  ११ सय १२ दुर्घटना हुन्छन् । १५ देखी ४० उमेर समुहका युवा २ तिहाई युवा सडक दुर्घटनामा पर्दछन । ३० देखी ४० प्रतिशत सडक दुघटना साँझ परेपछि हुने गर्दछन । नेपालमा विगत दस वर्षको अवधिमा ५४ हजार गम्भीर सडक दुर्घटनाहरु भएका छन । नेपालमा हुने प्रत्येक एकसय मृत्यु मध्ये २ वटा सडक दुर्घट्नाका कारणले हुने गरेको पाइन्छ जुन नेपाल प्रहरीको तथ्याकंले पनि बोलेको छ । पछिल्लो २२ बर्षमा नेपालमा मानिस मर्ने पाँचौं कारण सड्क दुर्घटना भएको छ । जुन अत्यन्तै डर लाग्दो छ यदि सरकारले गम्भीर भएर यसको क्षेत्रमा काम गर्ने हो भने कम गर्ने सकिन्छ ।

 

सडकबाट उठेको करको केही रकम सड्क मर्मतमै लगाउन सके सम्भावित जोखिमहरु पनि कम गर्न सकिन्छ । सन् २०११ देखि सन् २०२० सम्ममा सडक दुर्घटनालाई आधासम्म बनाउने लक्ष्य संयुक्त राष्ट्र संघले लिएको छ । यसका सदस्य राष्ट्रहरुले पनि त्यो लागू गर्ने भन्ने उल्लेख छ । नेपाल पनि त्यसको सदस्य राष्ट्र भएकाले केहि प्रयास त गरेको छ तर कम बजेट र भएको बजेट पनि सुधार र मर्मत भन्दा नयाँ सडक खोल्ने लहडले झनै जोखिम निम्त्याएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार