• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
विचार

समृद्ध नेपालको नारा लगाउने सरकारलाई नराम्रो धक्का

जनकपुर चुरोट कारखाना कसरी सकियो रुजनकपुर चुरोट कारखाना ब्यबस्थापन र मजदूर विवादका कारणले मात्र असफल भएको थिएन । सूर्य टोबाको कम्पनीको एकाधिकार स्थापितगर्न यसलाई नियोजित रुपमा सिध्याइयो । सूर्य टोबाको पूर्व राजा ज्ञानेन्द्र शाहको कम्पनी थियो ।

 

नेपाल  कम्युनिष्ट  पार्टीले  समृध्दिको  आकर्षक  नारा  सहित  दुइतिहाई   वहुमतको  सरकार  गठन  गरेको  थियो  ।  त्यो  सरकारले  शासनको  दश  महिना   गुजारी सकेको छ ।   यसबीच,   नेपाली   जनताको   अनुहारमा   चमक   ल्याउने   कतिपय   योजनाको   घोषणा   सरकारले  गरेकोछ  ।  यसमा  मोनो  रेल  र  पानी जहाजमात्र पर्दैनन, काठमाडौ–केरुङ रेलमार्ग  महत्वपूर्ण  छ  ।

 

जनताले  त्यही  रेल चढन चाहेकोछ । उसलाई लागेको छ नेपालमा समृध्दि आउनुछ भने त्यही रेल चढेर  मात्रै  आउनेछ ।  रेलको  कुरा  किन  महत्वपूर्ण छ भने भारतले कथं अर्को पटक पनि  नाकावन्दी  गरेको  खण्डमा  चीनले  बनाएको  रेलमार्ग  नेपालको  जीवन  मार्ग  बन्नेछ । चीन सरकारले काठमाडौ–केरुङ रेलमार्गको सर्वेक्षण शुरु गरी सकेको हुनाले अर्को  चुनावसम्ममा  रेलमार्ग  निर्माणको  काम शुरु भइ सकेको हुनेछ ।  समृध्द   नेपालको  नारा  लगाउँदै   हिंडेको  सरकारले  हालै  नराम्रो  धक्का  पाएकोछ   राष्ट्रिय   गौरवको आयोजना   भनेर   कहलिएको   मेलम्ची   खानेपानी   आयोजनाबाट ।


युरोपको  सबभन्दा  बढी  हाउडे  र  अविश्वसनीय ठेकदार र बिचौलिया बस्ने देश  भनेर  चिनिएको  इटलीको  ठेकदारले  मेलम्ची   पूरागर्न   सक्दैनौ   भन्दै   हात   उठाएको छ । यो एकप्रकारको आघात हो बिकासप्रेमी  सरकारका  लागि  ।  मेलम्ची  यस्तो  आयोजना  हो  जुन  लगभग  तीन  दशक देखि पसारिएको छ । आयोजनाको मुख्य   लक्ष्य   मेलम्ची   नदीको पानी सुरुङमार्गबाट सुन्दरीजल  ओरालेर काठमाडौका  जनतालाई  पानी  पिलाउनु  हो  । उनीहरु  हिंडने  सडक  धुनु  हो  ।


पत्रकार अजयभद्र खनालका अनुसार, यो आयोजनाको  प्रारम्भमा  यसको  निर्माण  लगत   १७   अर्व   रुपैयाँ   बताइएको   थियो  । अहिले  प्रहशनको  बिषय  भैसकेको यो आयोजनाको मूल्य ३६  अर्व पुगेको  छ ।   मेलम्चीको   असफलतामा   नेपालका   शासकीय   पार्टीहरु   नेपाली   कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी  (एमाले),  एकीकृत  नेपाल कम्युनिष्ट पार्टी    (माओवादी),  राष्ट्रिय   प्रजातन्त्र   पार्टी   र  अहिले  नेपाल  कम्युनिष्ट  पार्टी  सबै  जिम्मेवार छन । यो राष्ट्रिय आयोजनालाई ठग्न  कसैले  कुनै  कसर  बाँकी राखेका छैनन केही समयअघि भर्खरै निर्माण भएको सिक्टा  सिचाइ  आयोजनाको  बाँध  फुट्यो । त्यसको छानबीन हुँदैछ कि सकियो थाहभएन  ।

 

देशमा  त्यस्ता  बिषय  एक  दुइवटा हुने भए पो सम्झनामा पनि रहन्छ । यतिबेला  त  कवि  हरिबंशराय  बच्चनको  आत्मकथात्मक     पुस्तकको     शिर्षक     सम्झना हुन्छ – क्या भुलूँ, क्या याद करुँ रुसमृध्दिको   महत्वाकांक्षी   सरकारले   नै  नेपाल  वायु  सेवा  निगमका  लागि  दुइवटा वाइडबडी एयरबस किन्यो । तर, यो  खरीद  बिबादास्पद  बन्यो  ।  निर्णय  प्रक्रियामा   सामेल   कसैले   पनि   कुनै   अनियमितता भएको संकेत गरेन । जसको नेतृत्वमा जहाज खरीद गरिएको थियो ती नेवानिका  तत्कालीन  कार्यकारी  प्रमुख  र हालका  महाप्रवन्धक  सुगतरत्न  कंशाकार  सामाजिक  संजालमा  देखा  परे  ।  केही  दिन संजालका सक्रिय सहभागीले उनको बोल्ड   निर्णयको   तारीफगर्दै   ट्विटर,   फेसबुकमा  स्टाटस  लेखे  ।

 

वाइडबडी  खरीदमा   भएको   अनियमित   काम   र   कमीशन  कसले  खायो  भन्ने  बिषयको  छानबीन  भएको  छैन  । अहिले  छानबीन  आफैं  प्रक्रियामा  छ  । नेवानि सम्बन्धित सचिव  र  राष्ट्रबैंकका  गभर्नरले  मन्त्री  परिषदले    आपूmलाई    तथ्य    उपलव्ध    नगराएको बताइ सकेका छन । नेवानि  यसअघि  पनि  विमान खरीदमा डामिएको कम्पनी  हो ।बोइङ  कम्पनीको ७५७–२०० सिरिजको दुइवटा विमान खरीदमा पनि  यस्तै  घोटाला भएको थियो ।

 

२०४४  सालको असोज     महिनाभित्र  खरीदकर्ताको  हातपर्ने  भनिएको  ती  विमान  खरीदमा  ६  करोड १४ लाख आउने भ्रष्ट्राचार भएको थियो  । यसमा  कम्पनीहरुले नियमित दिने कमीशनको हिसाव  जोडिएको  थिएन । यसैबेला, चीनको नागरिक उड्डयन प्रशासनले १२ करोड ५० लाख अमेरिकी डलरमा  तीनबटा  ७५७–२०० सिरिजका  बोइङ खरीद गरेको  थियो  । नेपालले  चीनको  भन्दा  ६  करोड  ८४   लाख   डलर  महंगोमा  जहाज  खरीद  गरेको  थियो  ।

 

त्यतिवेला,  राज  परिवारका  बीच  कम्पनीहरुको  बँटवारामा  शाही  नेपाल  वायुसेवा पूर्वराजा ज्ञानेन्द्र शाहको भागमा परेको  थियो  ।  यस्ता  आर्थिक  बिषयको  अन्तिम निर्णय त्यहीबाट हुन्थ्यो ।नेपालमासरकारले   विभिन्न   संस्थाको   संचालन  गर्दै  आएको  छ  ।यही  क्रममा  सरकारले  विमान  चलाउन  खडा  गरेको  विमान कम्पनीको नाम थियो – शाही नेपाल वायुसेवा निगम ।

 

लोकतन्त्रको आगमनपछि नेपालका  बुध्दिजीवीवर्ग  शाही,  राजकीय  र  रोयलजस्ता शब्दसंगै इष्र्यालु बने । उनीहरुमा इष्र्याको भाव यति बढ्यो कि ।।शाही’ र ।।राज’ शब्द  नै  ।।शत्रुको  गोली’  बन्यो  ।  रातारात  ।।शाही’  र  । 'राज’ शव्द  मेटियो  ।  शाहीको  बिकल्प भेटिएन । राजमार्गको सट्टा लोकमार्ग बन्यो । सोझो नेपाली जनताले सोच्यो, अव पक्कै सत्ययुग आउने भयो ।’त्यस्तो   केही   भएन   ।

 

सत्ययुग   त   आएन   ।   आशाका   विपरित   ।। लोकमार्ग’   ।।कालमार्ग’मा   परिणत   हुँदै   गए  ।  कालोपत्र  लगाएको  केही  सातामा  नै सडक धूलपत्रेमा बदलिए । दुर्घटना बढ्यो । सुरक्षा सुस्तायो । अहिले पनि हाल त्यस्तैछ । सडकमा हुलदंगा छ । भीड छ । सडकमाथि मानिसको भरोसा छ । सडक नहुँदा वा सडक अवरुध्दहुँदा मुखमा माड नलाग्ने सर्वहाराहरुको  एउटा  ठूलो  वर्ग  तयार भै सकेको छ ।

 

शाही शब्द जोडिएको रोयल ड्रग्स बन्द भयो  । अहिले  त्यो  कम्पनीलाई  घिसार्दैछ  सरकार  । त्यसले  सिटामोल  र  जीवनजल  उत्पादन  गर्दैछ  । भ्रष्ट्राचारले  थिलथिलो  भएको शाही  नेपाल  वायुसेवाका  नियमित  उडान सबै बन्द भए । ट्वीनअट्टर विग्रिए । जेट बिक्री भयो । कम्पनीले विमानस्थलको ट्रली ब्यबस्थापन गरेर कर्मचारी धान्यो ।

 

जतिबेला शाही  नेपाल  वायुसेवा  निगम  सुचारु  थियो  त्यतिबेला  निगम  ब्यबस्थापनको  खिल्ली  उडाउँदै  देशको  वौध्दिक  वर्ग  भन्ने  गर्दथ्यो, एकै समय खुलेको थाइ एयरवेज कहाँबाट कहाँ    पुगीसक्यो,    हाम्रो    शानेवानिलाई    खानेबानी  लागेर  बिग्रियो  ।’  कुरा  सत्य  थियो । तर, थाइ एयरवेजलाई जस्तो भरोसा शानेवानि माथि गरिएन । केही समय पछि  मात्रै  थाहभयो,  थाइ  एयरवेजको   अवस्था   शानेवानिको   भन्दा   गतिलो  थिएन  ।  थाइल्याण्डको  सेनाका  उच्च   पदाधिकारी,   सरकारी  अधिकारी   र  अरुले चुसेर सिध्याएको  थियो  थाइ  एयरवेज । यत्ति हो कि थाइसंग पैसा थियो ।

 

थाइ  सरकारले  राष्ट्रिय  ध्वजवाहक  कम्पनी  टिकायो । हामीसंग पैसा थिएन । हामी हात बाँधेर बस्यौं । किनभने हामी थियौं भिखारी । जनकपुर   चुरोट   कारखाना कसरी सकियो ।जनकपुर   चुरोट   कारखाना   ब्यबस्थापन र मजदूर विवादका कारणले मात्र असफल भएको थिएन । सूर्यटोबाको कम्पनीको  एकाधिकार  स्थापित गर्न  यसलाई नियोजित रुपमा सिध्याइयो  ।  सूर्यटोबाको  पूर्व  राजा  ज्ञानेन्द्र  शाहको  कम्पनी  थियो  ।  यस्ता  धेरै  उदाहरण  छन  जो  नेपालको  इतिहासमा  जनताप्रतिको  विश्वासघातका रुपमा  अंकित हुनेछन । अहिलेका यी दुर्घटना डरलाग्दा छैनन ?

 

साभार : जनकपुर टुडे 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार