• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

सुस्त मनस्थितिकी युवतीलाई जबर्जस्ती गरेको आरोपमा एक युवक पक्राउ 

पाँचथर । जबर्जस्ती करणकी गरेको आरोपमा पाँचथरमा एक युवक पक्राउ परेका  छन् । सुस्त मनस्थितिकी एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । 

 

पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–२, बस्ने २६ वर्षीय लाले भनिने सुरेश भुजेल रहेका छन् । प्रहरीका अनुसार अभियुक्त भुजेलले युवतीलाई गत २८ मंसिरको राति घरैबाट ललाइफकाइ एकान्तमा लगी मुख थुनेर जबर्जस्ती करणी गरेको पीडितका अविभावकको आरोप छ ।

 

परिवारका अन्य मान्छे नजिकैको विवाहमा गएको मौका छोपी अभियुक्त भुजेलले बोल्न नसक्ने ती युवतीलाई जबर्जस्ती करणी गरेको बताइएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार