• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

अमेरिकी राष्ट्रपतिको विवादित च्यारिटी फाउन्डेसन बन्द हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विवादित च्यारिटी फाउन्डेसन बन्द हुने भएको छ । न्यूयोर्ककी महान्यायाधीवक्ता बा‍र्बरा अन्डरउडले ट्रम्प र उनका तीनजना सन्तानले निजी र राजनीतिक प्रयोजनका लागि उक्त कोषको रकम हिनामिना गरेको भन्दै मुद्धा दर्ता गराएकी छिन् । 

 

महान्यायाधिवक्ता बारबराले राष्ट्रपति ट्रम्पले ब्यापारिक र राजनीतिक स्वार्थका लागि यो संस्था चलाएको भन्दै बन्द गर्न अपील गर्दै मुद्दा दायर गरेकी हुन् । यो संस्था बन्द भएपछि उसको सम्पत्ति दोस्रो च्यारिटीमा जाने भएको छ । तर सो च्यारिटीमा राष्ट्रपति ट्रम्प, उनका तीन सन्तान भने सदस्य बन्न पाउने छैनन् ।

 

फाउन्डेसनका कानुनी सल्लाहकारले भने महान्यायाधिवक्ताले राजनीतिकरण गरेको आरोप लगाएका छन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार