• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

यस्तो आयो ‘कागजपत्र’ को पोस्टर

काठमाडौं । चलचित्र 'कागजपत्र' को पोस्टर सार्वजनिक भएको छ ।  निर्माण युनिटले पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रर्दशन मिती पनि तय गरेको छ ।

 

चलचित्र चैत ८ गते प्रदर्शन हुने भएको छ। चलचित्रको पोस्टरमा  मुख्य कलाकारहरु नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई फिचर गरिएको छ । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको चलचित्रमा वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको सिनमामा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ ।  

 

खिलेन्द्र तिम्सीना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन्।

 

सामाजिक तथा कमेडी कथामा निर्माण भएर्को चलचित्रमा वसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासिमिर डिक्सनको छाया‌ंकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार