• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

माओत्सेको ‘दयारानी’ मा दयाहाङ र दिया

काठमाडौं । कलकार माओत्से गुरुङले निर्देशन गरेको चलचित्र ‘दयारानी’ को  आज एक कार्यक्रम गर्दै चलचित्रको अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । दयाहाङ राई र दिया पुनको मुख्य भुमिका रहेको चलचित्र २०७६ सालको जेष्ठ १० गते बाट प्रदर्शनमा आउनेछ । 

 

बिर बिक्रम , मिस्टर झोले, ह्याप्पी डेजमा संगै काम गरिसकेका  यी जोडि फेरी 'दयारानी' मा जम्ने तरखरमा छन् ।

 

‘दयारानी’ को कथा निर्देशक स्वंयले लेखेका हुन । यसअघि माओत्से गुरुङले चलचित्र ‘पुरानो डुङ्गा निर्माण गरेका थिए । उक्त चलचित्रमा अभिनय पनि गरेका उनी अभिनित पछिल्लो चलचित्र ‘चङ्गा चेट’ हो ।

 

'दयारानी’ मा दया र दियाका साथै बिजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले लगाएतका कलाकारहरुको अभिनय  छ । सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रको  रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्माता हुन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार