• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अन्तर्वार्ता

‘अहिले काम गर्ने हो विवादमा अल्मलिने होइन’

काठमाडौं उपत्यकाको आफ्नै मौलिक पहिचान छ । भूकम्पले उपत्यकाका धेरैं धरोहरमा क्षति पुग्यो । भूकम्पले खण्डहरमा परिणत गरेका यहाँका भौतिक संरचनाको पुननिर्माण जुन रुपमा अगाडी बढ्नु पर्ने थियो त्यो हुन सकेको छैन । काठमाडौंको मुटुमा रहेको रानी पोखरी एउटा त्यस्तै महत्व बोकेको स्थल हो । रानीपोखरी पुननिर्माणको विषयलाई लिएर विवादहरु सतहमा नै आए ।

 

उपत्यकाको पहिचान मानिएको रानीपोखरीलाई पहिलेको अवस्थामा पुननिर्माण हुनुपर्छ भनेर संस्कृतीविदहरु बीच छलफल पनि भयो । कंक्रिट प्रयोग गर्नु हुँदैन भनेर काठमाडौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले अडान नै लिइन् । अब छिट्टै पहिले प्रयोग भएका निर्माण सामग्रीहरु कै प्रयोग गरेर यसको पुननिर्माण गर्न कुरामा सहमति जुटेको छ । महानगरपालिकाको उपमेयर भएर काम गर्न थालेको यतिका समय भईसक्दा पनि किन महानगर व्यवस्थित हुन सकेको छैन, आखिर समस्या के हो भन्ने विषयमा फ्रेसन्युज नेपालले काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) सँग गरेको कुराकानी:-

 

मेयर र उपमेयर बीच किन यति धेरै टकराव भएको होला ? महानगरवासीले अपेक्षा गरे अनुरुप काम हुन सकेन नि समस्या के हो ?

 

मेयर जी र म फरक पार्टी र आस्थाको प्रतिनिधीत्व गर्दै चुनाव जितेर त्यो ठाउँमा पुगेका हौं । जुन कुरा हामीहरुले मनन् गर्न जरुरी हुन्छ । हामी जुन तरिकाबाट त्यो ठाउँमा पुग्यौं यहाँका जनताका काम गर्नकै लागि पुगेका हौं । हामी विचको मत भिन्नता छ त्यो सार्वजनिक रुपमा नआउनु पर्ने कुरा थियो ।

 

आखिर हामीले जे काम गर्छौं महानगरवासीको हित हुने काम गर्न भनेर नै त्यो ठाउँमा पुगेका हौं । तर यहाँ मैले राम्रो एजेन्डा उठाएँ भने पनि त्यो गलत हो भनेर विरोध गर्ने परिपाटी बस्यो । चुनाव अघि हाम्रो आस्था विचार एउटा थियो । चुनाव जितेर गएपछि त हामी कार्यकर्ताको मात्रै होइनौं नि सबै जनताका हौं भन्ने कुरा प्रष्ट पार्न खोज्दा विवाद पनि भएका छन् ।

 

 

रानीपोखरीको पुननिर्माण पहिले कै हिसाबमा हुन्छ भन्ने कुरा अब ढुक्क भए हुन्छ ?

 

यस विषयमा अब ढुक्क हुन सबैलाई अनुरोध गर्छु । अहिले विवाद गरेर अल्मलिने वेला छैन । अब हामीले यहाँका जनताका लागि काम गरेर देखाउनु पर्छ भन्ने तर्फ म सजग छु । रानी पोखरी पुननिर्माणको विषयलाई लिएर मेरो अडान कायम थियो त्यसले ढिलै भए पनि सार्थकता पाएको छ । जुन ढंङगबाट यसको पुननिर्माण हुनुपर्ने थियो अब त्यहि हिसावमा  अघि बढ्छ ।

 

उपत्यकाका दर्जनौं भौतिक संरचना पुननिर्माणको कार्य ढिला गरी सुरु भयो । यसमा पनि यहाँहरुको विवादले काम नै रोकिए ।  महानगर व्यवस्थित बनाउने भनेरै चुनावी नारा लिएर चुनाव जित्नुभयो, उपत्यकाका सडकमा यात्रा गर्दैगर्दा काम हुन ढिलाई भयो भन्ने यहाँलाई लाग्दैन ? 

 

महानगरवासीले ठूलो अपेक्षा गरेर चुनावमा जिताएका हुन । उपत्यकावासीको जनमतले नै काम गर्ने हौसला प्राप्त भएको छ । जुन रुपमा सहर व्यवस्थित हुनुपर्ने हो त्यो हुन नसकेको म पनि स्वीकार गर्छु । यो अहिलेको समस्या होइन । देश लामो समय जनप्रतिनिधी बिहीन नै भयो । देश अस्थव्यस्त अवस्थामा थियो । अब जनताले द्रुतगतिमा महानगरको मुहार फेर्न भनेर नै हामीलाई चुनावमा जिताएर पठाउनु भएको हो । अहिले काम नै नभएको भन्न मिल्दैन । पुननिर्माण केहि ढिला भएकै हो । अहिले कामले गति लिएको छ । काम द्रुत गतिमा अगाडी बढेको छ । 

 

उपत्यकाको सवारी चाप र बातावरणमा पर्ने प्रभाव कम गर्न साईकल लेन बनाउने कुराले चर्चा पाएको थियो प्रकृया कहाँ  पुग्यो ?

 

सडक व्यवस्थित बनाउने, छुट्टटै साईकल लेन निर्माण र साईकल सीटी निर्माणका लागि जिल्ला प्रशासन कार्यलयसँग छलफल पनि गरिरहेका छौं कसरी अगाडी बढन सकिन्छ भनेर । जनसंख्याको चाप बढेको छ । अन्य सवारी साधनको तुलनामा साइकल सहज र स्वास्थ्यका दृष्टिकोणले पनि प्रभावकारी मानिन्छ । पेट्रोल, डिजेलको खपत बढाउँदा यसले वातावरण प्रदुषण पनि बढ्छ ।

 

शहरमा सवारीको चाप थेग्नै नसक्ने हिसावले बढेको छ । सवारी साधनका रुपमा साइकललाई प्रमोट गर्न उपत्यकाका अन्य नगरपालिकाहरुसंग पनि छलफल गरेका छौं । काम हुदैं नभएको भन्न मिल्दैन ।

 

म उपत्यका मै जन्मे हुर्केकोे भएर पनि यहाँका समस्या दैनिक रुपमा मैंले पनि भोग्दै आइरहेको छु । सडक विभाग र सरोकारवाला निकायसँग पनि छलफल भइरहेको छ र शहरलाई सुन्दर हराभरा र व्यवस्थित बनाउने पहल भइरहेको छ । 

 

 

महानगरको मुहार फेर्ने त यहाँहरुले काम गर्दैछौं भन्नुभयो । पछिल्लो समय महिला र किशोरीहरु माथि यौनजन्य हिंसा र बलात्कारका घटना पनि डरलाग्दो रुपमा सार्वजनिक भइरहेका छन् । यसका विषयमा महानगर केन्द्रीत सचेतनामूलक कार्यक्रममा यहाँले केहि पहल गर्नु भएन ?

 

उपत्यका पहिलेको जस्तो छैन । हरेक दिनजसो महिलाहरु फरक प्रकृतिका हिंसा खेप्न बाध्य छन् । संचार माध्यममा आएका यस्ता डरलाग्दा समाचारहरुले सबैलाई दु.खी तुल्याएको छ । यसै कुरालाई मध्यनजर गर्दै महानगरपालिकाले यहाँका केही स्कुलका छात्राहरुलाई हिंसा के हो र यसबाट कसरी बँच्ने भन्ने बिषयमा कार्यक्रम पनि ग¥यो । पछिल्ला घटनाहरु हेर्ने हो भने किशोरीहरु नै धेरै मारमा छन् ।

 

घर भित्र मात्र होइन । किशोरीहरु हरेक ठाउँमा जोखिममा छन् । सार्वजनिक स्थल, बाटोघाटो जहाँ पनि हिंसा हुन सक्ने भएकाले हिंसा कसरी पहिचान गर्ने भनेर पनि प्रशिक्षण दिन जरुरी भइसकेको छ । 

 

उपत्यकाका सबैजसो विद्ययालयमा यस्ता कार्यक्रम लैजान सकिन्छ ? के छ यसमा तयारी ?

 

उपत्यकाका अन्य स्कुलहरुमा पनि यस्तै कार्यक्रमहरु बढाएर लैजाने भनेर मेयर ज्यू र मेरो टीमका अन्य साथीहरु वीचमा छलफल भइरहेको छ । छिट्टै हामीले कार्यक्रम लिएर जानेछांै भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु । 

 

प्रस्तुति : देवी सापकोटा 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार