• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

धार्मिक संग्राहलय निर्माणका लागि कांग्रेस नेता खड्काको सात लाख सहयोग

इलाम । इलाममा धार्मिक संग्राहलय स्थापनार्थ सोमबार देखि सुरु भएको महापुराण महायज्ञका लागि नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी डम्बर खड्काले सात लाख रुपैंयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

 

इलाम नगरपालिका–५ सिङफ्रिङमा रहेको श्री सिंह भगवती सिद्धदेवीको मन्दिर परिसरमा सबै धर्मावलम्बी अट्ने धार्मिक संग्राहलय स्थापनाको सहयोगार्थ १८ औं पुराण सोमबार देखि सुरु भएको हो ।

 

सोही अवसरमा कांग्रेस नेता खड्काले स्वर्गीय पिता धनबहादुर र माता मनमाया खड्काको स्मृतीमा  मन्दिरमा मण्डव निर्माण लगायत अन्य भौतिक संरचनाका नगद सात लाख रुपैंयाँ पुराण आयोजक समितका अध्यक्ष सन्दिपकुमार बुढाथोकीलाई हस्तान्तरण गरेका हुन् । पुराणको उदघाटन पनि नेता खड्काले नै गरेका हुन् । 

 

पुराणमा कृष्ण घिमिरे र विष्णु भट्टराई कथा बाचन गरिरहेका छन् भने राजु अधिकारीले संगीतमय भजन प्रस्तुती दिइरहेका छन् ।

 

स्थानीय प्रदिपकुमार बुढाथोकीलगायतको परिवारले प्रदान गरेको सात रोपनी क्षेत्रफलमा बृहत धार्मिक संग्राहलय निर्माण सुरु गरिएको हो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार