• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

‘हामी कवि र कविता’ मा गुञ्जियो कँडेलको कविता र वस्तीको गजल

काठमाडौं । हरेक महिनाको एक गते हुने कार्यक्रम  ‘हामी कवि र कविता’ मा यसपटक कवि कृष्ण कँडेल र कवि सनतकुमार वस्तीले करिब दुई दर्जन कविता सुनाए ।

 

आइतबार सम्पन्न ‘हामी कवि र कविता’को नयाँ अंकमा कवि कँडेल र गजलकार वस्तीले आफ्ना रचना वाचन गरेका थिए ।

 

कार्यक्रममा कँडेलले गाउँ, ढुङ्गा, मैनबत्ती, उज्यालोको खोजी, गौँथली लगायतका एक दर्जन कविता वाचन गरेका थिए । त्यस्तै कार्यक्रमको दोस्रो चरणमा कवि सनत कुमार वस्तीले गजलमा प्रकृति, प्रेम, बिछोडका भावहरु गजल सुनाएका थिए। 

 

श्री लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामको संयुक्त आयोजनामा हुने साहित्यीक कार्यक्रम ‘हामी कवि र कविता’ हरेक महिनाको १ गते आयोजना हुने गरेको छ ।

 

‘हामी कवि र कविता’ मा हरेक महिना नयाँ देखी  पुराना कविहरुले आफ्ना रचना वाचन गर्ने गरेका छन्  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार