कविता : निरिह जीवन
अत्यास लाग्दो त्यो
विछोडको क्षण भोग्नु पर्दा
चारैतिरबाट उदासीनताको
वादलले घेरिदिँदोरहेछ ।
मानसपटलभरी तनावको रंग
फुरूङ्ग भई शरीरभरि फैलिदिँदा
मानसिक विक्षिप्तताको अवस्था
झेल्नु पर्दोरहेछ।
जताततै वाट विनासको घडीले
गम्भिर स्थितिको संकेत गरिदिँदा
क्रोधको ज्वाला बाहिर निस्की
विष्फोटनमा पुगिदोरहेछ।
जीवनमा अप्ठ्यारो परिस्थिति
आई पिँडाको पर्खाल बनिदिँदा
अन्तरपिडामा छटपटाई निरिह
भई बाँच्नु पर्दोरहेछ।
प्रतिकृया दिनुहोस