• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

किबीले बदल्दियो गाउँको नाम

किरण पौड्याल , इलाम । ‘‘केही वर्ष सम्म धान, मकै र कोदोको मात्र उत्पादन हुन्थ्यो । त्यति आम्दानीले बचत त के खान समेत राम्ररी पुग्दैनथ्यो’’ किवी किसान तारामणि खतिवडाले भने,‘‘ अहिले किबीका कारण खान मात्रै होइन । आम्दानी पनि भएको छ । छोराछोरी पढाउनपनि सहज भएको छ ।’’

 

सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका किसान हुन् तारामणि । उनी इलाममा किबी खेती भित्राउने पहिलो किसान हुन् । तारामणिले छ वर्ष अघि काठमाडौंबाट विरुवा ल्याएर किवीको खेती गर्न सुरु गरेका हुन् । त्यही किवी अहिले जिल्ला भर खेती हुन थालेको छ । धेरै किसानहरुको राम्रो आम्दानीको स्रोत बनेको छ ।

 

किबी खेती हुन थालेसँगै ताल गाउँको नाम समेत परिवर्तन भएको छ । गाउँलाई  अहिले ‘किवी बस्ती’ उपमा दिइएको छ । कम खर्च र थोरै श्रममा खेती गर्न सहज देखेपछि गाउँलेले पनि तारामणिकै सिको गर्दै व्यावसायिक खेती गरेका छन् ।

 

तारामणिका अनुसार बस्तीमा ६० परिवारले अहिले व्यावसायिक किबी गर्दै आएका छन् । ‘हाम्रो यो क्षेत्रबाट मात्रै बार्षिक २५ देखि ३० हजार किलो किवी उत्पादन हुन्छ’ उनी भन्छन्–‘‘अवको दई देखि तीन वर्षमा यहाँ तेव्वरले उत्पादन बढ्छ ।’’


अर्का किसान गोपाल खतिवडाका अनुसार पाखो र रुखो क्षेत्रमा पनि किवीको खेती गर्न सकिने भएकाले अधिकाशं किसान आकर्षित भएका छन् । उनका अनुसार किवी भएका ठाउँमा अन्य खेती पनि गर्न सकिन्छ । ‘‘हामी किबी लगाएका ठाउँको बीच–बीचमा अलैंची,अदुवा समेत खेती गरेका छौं’’–गोपालको तर्क छ ।

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका १, २, ३ र ४ नम्बर वडालाई ‘किबी जोन’ घोषणा गरिएको छ । यो क्षेत्रमा किवीकै लागि १० वर्षे परियोजना सञ्चालन हुने भएको हो । किबीको प्राविधिक सीप, दक्षता, किबीको गुणस्तर अभिवृद्धि, खेती विस्तारलगायतमा यो रकम खर्च गरिँदै छ । यसको बजारीकरण र स्थानीयस्तरमै प्रशोधनलाई पनि परियोजनाले समेट्ने छ ।

 

उनले घर वरपरको १० रोपनी जग्गामा किबी खेती गरेका छन । उनले यस वर्ष पाँच हजार केजी किवी उत्पादन गरे । दैनिक चार पाँच सय बिक्रेताहरू किवी किन्न घरमै पुग्न थाले पछि बजारको कुनै चिन्ता लिन नपरेको उनी बताउँछन् ।  ‘‘हाम्रो क्षेत्रको किबी त अत्यन्तै स्वादिलो र भिटामिन पनि हुने भएकाले हारालुस हुन्छ ।’’–गोपाल भन्छन् ।

 

‘किबी जोन’ले बढायो उत्साह

 

इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको क्षेत्रलाई किबी खेतीको प्रमुख खेती हुने क्षेत्र भन्दै किवी जोन घोषणा गरिएको छ । फलस्वरुप यहाँका किबी किसानमा पनि खेती प्रति उत्साह बढेको पाइएको छ । जोन स्थापना भएपछि प्राविधिक, बीउ बिजन र तालीमको समेत व्यवस्था हुने बुझेपछि यहाँका किसानहरुले खेती बढाउन थालेका छन् ।

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका १, २, ३ र ४ नम्बर वडालाई ‘किबी जोन’ घोषणा गरिएको छ । यो क्षेत्रमा किवीकै लागि १० वर्षे परियोजना सञ्चालन हुने भएको हो । किबीको प्राविधिक सीप, दक्षता, किबीको गुणस्तर अभिवृद्धि, खेती विस्तारलगायतमा यो रकम खर्च गरिँदै छ । यसको बजारीकरण र स्थानीयस्तरमै प्रशोधनलाई पनि परियोजनाले समेट्ने छ ।

 

‘‘अहिले किवीमा समस्या भनेको खेती गर्ने प्रविधि, मल जलको जानकारी नहुँनु र कोल्डस्टोरको समस्या हुनु हो । यो समस्या पनि जोन निर्माण पछि हल हुन्छ होला’’– सन्दकपुर गाउँपालिकाका किबी किसान पुरण गुरूङ भन्छन् ।  जोनले कृषि व्यवसाय प्रवद्र्धन, स्रोत केन्द्रको विकास, पोष्ट हार्भेष्ट सेन्टर स्थापना, प्रविधि तथा प्राविधिक सहयोग, कृषि यान्त्रीकरण र साना सिँचाइमा सहयोग गर्नेछ ।

 

किबी जोनअन्तर्गत किवीका बिरुवामा ५० प्रतिशत, प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत, कृषि व्यवसाय सेवा पूर्वाधारमा ८५ प्रतिशत र शत प्रतिशत प्राविधिक सेवामा किसानलाई अनुदान उपलब्ध गराइने कृषि प्राविधिक सहायक केशर मग्रातीको भनाइ छ ।

 

इलाममा प्रति हेक्टर एक दशमलव ५३ मेटिक टन किबीको उत्पादकत्व रहेको छ । जिल्लाको जमुना, सुलुबुङ, मावु, माईमझुवालगायतका क्षेत्रमा किवीको व्यावसायिक खेती हुने गरेको छ । इलाममा एक सय ३५ मेट्रिक टनभन्दा बढी किबी उत्पादन हुने गरेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार