• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

ख्वप अन्तरविद्यालय फुटसल च्याम्पियनसीपको सेमीफाइनल समिकरण पूरा 

सुन्दर ग्वाछा, भक्तपुर । ख्वप फुटसलद्वारा आयोजना भईरहेको पहिलो ख्वप अन्तरविधालय फुटसल च्याम्पियनसीपको लीग चरणका खेलहरू आज सकिएको छ।

 

लिगकम नकआउटका आधारमा खेलाइएको खेलमा समूह ‘क’ बाट विनायक शिक्षा निकेतन स्कूल सतप्रतिशत जीत निकाल्दै १८ अंकका साथ शीर्ष स्थानमा रहदै सेमिफाइनल प्रवेश गरेको छ। त्यसैगरी उक्त समूहको उपविजेता बन्दै १५ अंकका साथ लिटिल गार्डेन स्कुल पनि सेमिफाइनल प्रवेश गर्न सफल भएको छ।

 

समूह ‘ख’ बाट जेन्यून ईङ्गलिश स्कुल र सेक्रेट हार्ट एकेडेमी सेमीफाइनल प्रवेश गरेको छ। दुवै टिमको सम्मान १० अंक भएता पनि गोल भिन्नताका आधारमा जेन्युन ईङ्गलिश स्कुल समूहको शीर्षस्थानमा रहदै सेमिफाइनल प्रवेश गरेको हो ।

 

सेमिफाइनलको समिकरणमा विनायक शिक्षा र सेक्रेट हार्ट फाइनल प्रवेशका लागी भिड्ने छ। अर्को सेमिफाइनल खेल समूह ‘ख’ का विजेता जेन्युन इङ्गलिश स्कुल र समूह ‘क’ का उपविजेता लिटिल गार्डेन बीच हुनेछ। प्रतियोगिताको सेमीफाइनल खेल र फाइनल खेल आगामी शुक्रवार हुनेछ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार