• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

पत्रकार लामाको चलचित्र 'गोपी' को फस्टलुक सार्वजनिक

काठमाडौं । पत्रकार दिपेन्द्र लामाको निर्देशित  चलचित्र ‘गोपी’ को फस्टलुक सार्वजनिक गरिएको छ । विपिन कार्कीको मुख्य भुमिका रहेको चलचित्रको सबै पोष्टरमा  विपिनको उपस्थिति छ । एउटा पोस्टरमा मात्र चलचित्रका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ । पोस्टरको डिजाइन टौवा क्रियसनका विजय बस्यालले गरेका हुन्।

 

आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित ‘गोपी’  मा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन्।पोस्टरमा उनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई प्राथमिकता दिइएको छ ।

 

विप्लव प्रतीक र बुद्धिसागरले चलचित्रको  गीत लेखेका हुन भने न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले गीतको कम्पोज गरेका छन्। यस्तै चलचित्रको पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् भने कार्यकारी निर्माता श्रीधर पौडेल, छायाँकार शैलेन्द्र डि कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन्। चलचित्रको पाश्र्व संगीत रोहित शाक्यको रहेको छ ।

 

चलचित्रमा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतले पनि अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार