• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
मनोरञ्जन

जेठ २४ मा दयाहाङको ‘आप्पा’

काठमाडौं । चलचित्र ‘आप्पा’ले आफनो प्रदर्शनको मिती तोकेको छ ।  बाउ र छोराको कथामा आधारित चलचित्रले सोमबार आफनो प्रदर्शन मिती  २०७६ जेठ २४ लाई तोकेको जानकारी दिएको हो ।

 

चलचित्र निर्माण युनिटले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको प्रदर्शन मिति र फस्ट लुक्स सार्वजनिक गरेको हो। अनमोल गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र भारतको कालिम्पोङ, दार्जिलिङ र नेपालको इलामलगायतका स्थानमा छायांकन गरिने र नेपालमा प्रदर्शनमा आएको एक हप्तापछि भारतका विभिन्न स्थानमा पनि प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ।

 

दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘आप्पा’लाई अनमोल गुरुङले निर्देशन गर्दैछन् भने दयाहाङसँगै सिद्धान्तराज तामाङ, अल्लोना काबो, तुलसी घिमिरे, अरुणा कार्की लगायत कलाकारको चलचित्रमा अभिनय रहने छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार