• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

भारतको विधानसभा चुनावमा मोदीलाई ठुलो झट्का

नयाँँ दिल्ली । भारतीय जनता पार्टीलाई भारतका ५ राज्यमा भएको विधानसभा चुनावको परिणामले ठूलो झड्का लागेको छ। पाँच प्रदेशमा विधान सभाका लागि गत साता भएको चुनावलाई २०१९ मा हुने लोकसभा चुनावको ‘सेमिफाइनल’ का रूपमा हेरिएको छ।

 

पाँच राज्यमध्ये राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा कांग्रेसले भाजपालाई पछि पारेको छ। तेलगंना र पूर्वोत्तरको मिजोरममा क्षेत्रीय पार्टीहरुलाई बहुमत मिल्दा भाजपालाई कांग्रेसभन्दा पनि निकै कम सिट प्राप्त भएको छ।

 

राजस्थान र छत्तीसगढमा कांग्रेस बहुमतका साथमा सरकार बनाइरहेको छ। मध्य प्रदेशमा कांग्रेस ठूलो पार्टी बनेको छ। बीजेपीको सरकार रहेको राजस्थानमा कांग्रेस ९२, बीजेपी ७९ र बहुजन समाज पार्टी (बीएसपी) तीन सीटमा अगाडि देखिएका छन् । त्यस्तै मध्य प्रदेशमा कांग्रेस ११६ र बीजेपी १०० सीटमा अगाडि छन् भने  बीएसपी ७ र निर्दलीय १ सीटमा अगाडि पाइएका छन् । तेलगांनामा क्षेत्रीय दल तेलंगना राष्ट्र समिति ९टीआरएस० ७९,  कांग्रेस २९ र बीजेपी दुई सीटमा अगाडि रहेका छन् ।  छत्तीसगढमा कांग्रेस ५६ र  बीजेपी २७ सीटमा अगाडि रहेका छन् । भारतको मध्यप्रदेश र मिजोरममा नोभेम्बर २८, छत्तीसगढमा नोभेम्बर १२ र २० अनि राजस्थान र तेलंगानामा डिसेम्बर ७ मा चुनाव भएकोमा सबै स्थानको परिणाम आज  घोषणा हुँदैछ । 

 

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफनो जीत पक्का भएको संकेत पाएपछि देशका युवा, किसान र जनतालाई जीतको श्रेय दिएका छन्। उनले नरेन्द्र मोदी सरकार नोटबन्दी, फ्रान्ससँग भएको लडाकू विमान ‘राफेल’ डील र जीएसटीजस्ता मुद्दामा फेल भएको बताए।

 

गान्धीले किसानको समस्या पूरै देशको समस्या भएकाले आफूले जितेका राज्यहरुमा त्यही मुद्दालाई केन्द्रित भएर काम गर्ने उनले धारणा राखेका छन् । केन्द्र सरकारको चुनाव नजिकिदै गर्दा चुनावको  मतपरिणामले भाजपालाई राम्रै पाठ सिकाएको छ। मूलभूत रुपमा भारतका जनताले केन्द्र र प्रदेशमा सत्ता चलाइरहेको दल भन्दा पनि विपक्षीलाई रुचाएको जस्तो संकेत प्रारम्भिक निर्वाचन परिणामले देखाएको छ । एजेन्सीको सहयोगमा 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार