• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

पोखरा स्पाइरल ग्यालेक्सी सेनेटरी प्याड युक्त

पोखरा । पोखरा स्पाइरल ग्यालेक्सी आवासिय मा वि  सेनेटरी प्याड युक्त भएको छ । सामाजिक जागरणका लागि नारी अभियानको पहल तथा विद्यालयको सहयोगमा मंगलवार सचेतना सहित सेनेटरी प्याड युक्त घोषणा भएको हो ।

 

विद्यालयका सञ्चालक सारा वहादुर पोख्रेलले विद्यालयमा सेनेटरी प्याड पहिलेदेखि भैराखेको जानकारी दिदै अवदेखी शौचालयमा निशुल्क व्यवस्थापन गर्ने प्रतिवद्वता जनाए । उनले यस अभियानमा हरेक विद्यालयले साथ दिनुपर्ने र व्यवहारमा उतार्नु पर्ने आवश्यकता समेत औल्याएको थिए ।

 

कार्यक्रममा अभियन्ता,पत्रकार तथा अधिवक्ता सुष्मा पौडेलले अभियानका वारेमा जानकारी संगै सचेतना जगाउदै प्रतिवद्वता सहित  घोषणा गर्न लगाएकी थिइन् ।

 

कार्यक्रममा सामाजिक जागरणका लागि नाी अभियानका दान कुमारी शर्मा,उषा गोशेली र रिता सुवेदीले वोलेका थिए भने विद्यार्थी अनिशा पौडेल र शिक्षिका श्रीधरा अधिकारीले विद्यालयमा सेनेटरी प्याडको अवस्थाका वारेमा जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार