• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

देश समृद्धितर्फ लैजाने केपी ओलीसँग क्षमता नै छैनः गगन थापा

उर्लाबारी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारले देशलाई समृद्धितर्फ डोर्याउन नसक्ने बताएका छन् ।

 

नेपाली काँग्रेस उर्लाबारी नगर समितिले मंगलबार दुर्गापुरीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता थापाले सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको संकट र प्रधानमन्त्री केपी ओलीको क्षमता नभएका कारण देश समृद्धितर्फ नजाने बताए ।

 

सरकार बनाउने लोपले एमाले र माओवादीबीच एकिकरण भएको आरोप लगाउँदै पूर्वस्थास्थ्य मन्त्री समेत रहेका थापाले दुई पार्टीका नेताबीचको झगडा बिस्तारै आफैँ बढ्ने बताए । बर्तमान प्रधानमन्त्री ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भएको बताउँदै उनले बलियो सरकार भएपनि बरालिएको आरोप लगाए ।

 

सरकारको बारेमा आलोचना गर्नुभन्दा पनि अबको चारवर्ष पार्टी संगठन सुदृढिकरण गर्दै जनताको मन जितेर आगामी निर्वाचनमा विजयी हासिल गर्नेगरी काँग्रेस अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

 

आमसभामा काँग्रेस मोरङ क्षेत्र नं. १ का सभापति खड्ग फागोले कम्युनिष्ट पार्टी सर्वहारा वर्गको नभएको बताए ।

 

अहिलेको कम्युनिष्ट पार्टी सर्वहारा वर्गको होइन फागोले भने– कम्युनिष्ट पार्टी साच्चै कम्युनिष्ट बन्यो भने म पनि कम्युनिष्ट पार्टीमा प्रबेश गर्न तयार छु ।

 

आमसभामा बिभिन्न पार्टी परित्याग गरी दुई दर्जन बढी काँग्रेसमा प्रबेश गरेका थिए । आमसभा नगर सभापति विरबल थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार