• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
खेलकुद

 पोखरालाई सुपर ओभरमा पराजित गर्दै विराटनगरले लगातार दोस्रो जित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा विराटनगर वारियर्सले लगातार दोस्रो जित हात पारेको छ ।

 

कीर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले पोखरा राईनोजलाई सुपर ओभरमा पराजित गर्‍यो ।

 

खेलको निर्धारित २० ओभरमा पोखराले दिएको ८५ रनको लक्ष्य पछ्याउनेक्रममा विराटनगरले ८४ रन मात्रै बनाउन सकेपछि स्कोर बरबरी भयो ।

 

यसपछि एक ओभरको निर्णायक खेलमा विराटनगरका लागि करण केसीले २० रन जोडे । २१ रनको चुनौती पछ्याएको पोखराले १३ रन मात्रै बनाउन सक्यो ।

 

जितसँगै विराटनगरले ईपिएल क्रिकेटको अंक तालिकामा २ खेलबाट ४ अंक जोडेको छ । लगातार तिन खेल हारेको पोखरा भने अंकबिहिन अवस्थामा छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार