• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

राजेन्द्र महतो सरकारसँग आक्रोशित, सरकारसँगको समर्थन फिर्ता लिने 

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजप) नेपाल अध्यक्षमन्डलका संयोजक राजेन्द्र महतोले शान्ति–सुुरक्षा दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले हत्या, हिंसा, बलात्कारजस्ता घटना बढ्दै गएपनि दोषी पक्रन सरकार असफल भएको जिकिर गरे ।

उनले संविधान संशोधन नगरेसम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पस्ट पारे ।

महतोले सरकारले आफूहरुको माग पूरा गर्न गम्भीर नदेखिएकाले समर्थन फिर्ताको विकल्प नभएको बताए ।

माग पूरा नगरे समर्थन फिर्ता लिने विषयमा प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाइसकेको उनले बताए।

‘सरकारले षडयन्त्रमूलक ढंगले हाम्रो पार्टी सरकारमा जाँदै छ भनेर प्रोपोगण्डा चलाइन्छ,’ उनले भने, ‘सरकारमा जाने हाम्रो कुनै सम्भावना छैन र हामीले माग पूरा नहुञ्जेल त्यो परिकल्पना पनि गर्न सक्दैनौँ।’

संविधान संशोधन, रेशम चौधरी लगायतका बन्दी रिहाई, मुद्दा फिर्ता लगायतको माग पूरा नभएसम्म सरकारमा जाने कुनै सम्भावना छैन । उनले अब आफूहरु सडक संघर्षमा उत्रिने बताए ।

प्रदेश २ को नाम र राजधानीको टुंगो नलागी रहेको बेला महतोले मधेस प्रदेश नामाकरण हुनुपर्ने सुझाव दिएका छन् ।

फरक प्रसंगमा उनले संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नीति र नियत ठीक नभएकोले आफ्नो पार्टीसँग एकता हुन नसक्ने बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार