• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
खेलकुद

ईपीएलमा आज पनि दुई खेल हुने 

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज पनि दुई खेल हुँदैछन् । आज विराटनगर वारियर्सले पोखरा राइनोजसँग पहिलो खेलमा प्रतिसप्रर्धा गर्दा चितवन टाइगर्स र भैरहवा ग्ल्याडीयटर्स दोस्रो खेलम भिड्दै छन् । 

 

टियू मैदानमा हुने पहिलो खेलमा काइल कोट्जरले पोखराको कप्तानी समाल्ने छन् । त्यस्तै विराटनगरको पारस खड्काले गर्ने छन् । जारी प्रतियोगितामा विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले पराजित गरेको थियो । पोखरा भने  सूरुवाती दुई खेलमा पराजित भएको छ । 

 

त्यस्तै आजको दोस्रो खेलमा चितवन टाइगर्सले भैरहवा ग्ल्याडीयर्ससँग खेल्ने छ । सुरुवाती दुई खेलमा लगातार हार ब्योहोरेको चितवनले अघिलो चरणको यात्रा कायमै राख्नको लागि आजको खेल जित्नै पर्ने हुन्छ । भैरहवाको शरद भेषवाकर र चिवनको पृथु वास्कोटाले कप्तानी समाल्ने छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार