• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

फ्रान्सका राष्ट्रपतिद्वारा पारिश्रमिक वृद्धि र करमा छुट दिने घोषणा

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले न्यूनतम् पारिश्रमिक वृद्धि र करमा छुट दिने घोषणा गरेका छन् । सरकारविरोधी आन्दोलन चर्किंदै गएपछि उनले घोषणा गरेका हुन् ।

 

इन्धनमा भएको मूल्यवृद्धि र महंगी बढेको विरोधमा फ्रान्समा चार हप्तादेखि हिंस्रक आन्दोलन भइरहेका बेला राष्ट्रपति म्याक्रोनले टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै न्यूनतम् पारिश्रमिक वृद्धि र कर छुट दिने घोषणा गरेका हुन् ।

 

प्रदर्शनका क्रममा भएको हिंसाको निन्दा गर्दै राष्ट्रपति म्याक्रोनले प्रदर्शनकारीले उठाएका कतिपय माग जायज भएको स्वीकार गरे ।

 

उनले सन् २०१९ मा न्यूनतम् पारिश्रमिकमा प्रतिमहिना १ सय युरो बढाउने घोषणा गरे । उनले कम आय भएकाहरु माथिको कर वृद्धिको घोषणा पनि रद्द गरिदिएका छन्।

 

त्यस्तै ओभरटाइम काम गरेवापत पाउने पारिश्रमिकमा कर नलगाउने पनि उनले जानकारी दिए ।

 

सम्बोधनका क्रममा राष्ट्रपति म्याक्रोनले फ्रान्सका सबै क्षेत्रका मेयरसँग भेटघाट गर्ने र जनताका मुद्दामा बहस गर्न प्रोत्साहित गर्नेसमेत बताए । । (एजेन्सी)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार