• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

पोखराको हिमाञ्चल बोर्डिङ स्कुल सेनेटरी प्याड युक्त

पोखरा । हिमाञ्चल बोर्डिङ स्कुल सेनेटरी प्याडयुक्त भएको छ । सामाजिक जागरणका लागि नारी अभियानको पहल तथा विद्यालयको आयोजनामा सोमवार विद्यालयलाइ प्याड युक्त विद्यालयका रुपमा घोषणा गरिएको हो ।

 

कार्यक्रममा विद्यालयका प्र.अ दिलप्रसाद गुरुङले विद्यालयमा केही वर्षअगाडि देखि सेनेटरी प्याडको व्यवस्थापन भएपनि शौचालयमा व्यवस्थापन नगरिएको भन्दै आजदेखि व्यवस्थापन गर्ने प्रतिवद्दता जनाए  । उनले स सनाकुराले पनि विद्यार्थीलाइ संवेदनशील वनाउने हुदा यस्ता खालका कार्यक्रम र सचेतना हरेक विद्यालयले वेलावेलामा राख्नुपर्ने आवश्यकता समेत औल्याए ।

 

कार्यक्रममा अभियानका योजनाकार अधिवक्ता तथा पत्रकार सुष्मा पौडेलले प्रतिवद्दतालाइ व्यवहारमा उतार्न अनुरोध गर्दै हरेक विद्यालयको शौचालय, सेनेटरी प्याड व्यवस्थापन र खानेपानीका सम्वन्धमा अनुगमन गरिने भन्दै सम्पूर्ण विद्यालयमा व्यवस्थापन गर्न अनुरोध गरिन् । उनले अभियानका वारेमा सहजिकरण गर्दै सचेतना समेत जगाएकी थिइन् ।

 

कार्यक्रममा सामाजिक जागरणका लागि नारी अभियानका सदस्य तथा विद्यालयका कर्मचारी उशा गोशेलीले स्वागत तथा विद्यार्थी सृष्टि राहुतले सञ्चालन सहित विद्यार्थीका तर्फवाट वोलेकी थिइन् । कार्यक्रममा शिक्षक तथा विद्यार्थीको सहभागी ता रहेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार