• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

सोसलीष्ट युथ सर्कल ताप्लेजुङ शाखाको अध्यक्षमा खतिवडा 

काठमाडौ । सुशिल कोइराला सोसलीष्ट युथ सर्कलको ताप्लेजुङ शाखाको अध्यक्षमा आयुश खतिवडा नियुक्त भएका छन् । 

 

नेपाली काँग्रेस निकट रहेको सर्कलको अध्यक्षमा खतिवडालाई नियुक्त गरिएको सर्कलले विज्ञप्ती जारी गर्दै जानकारी दिएको हो । 

 

सर्कलका केन्द्रिय अध्यक्ष ताराबहादुर थापा र सचिव निलम तिमिल्सैनाले विज्ञप्तीमा हस्ताक्षर गर्दै सो कुराको जानकारी दिएका हुन्। 

 

मूलतः संगठन विस्तार साथै यूवा तथा विद्यार्थी वर्गहरुमा काँग्रेस सिकाउने उद्देश्यले संस्थाको स्थापना गरिएको हो । 

 

हाल शंखर देव क्याम्पसमा अध्ययनरत खतिवडा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय छन् । यसअघी उनले कोटेश्वर बहुमुखि क्याम्पसमा नेविसंघ उपसभापतिको जिम्बेवारी सम्हालीसकेका छन् भने सोही क्याम्पसबाट स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा नेविसंघका तर्फबाट सचिवमा पराजित भएका थिए ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार