• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

को बन्ला  ‘दि भ्वाइस अफ नेपाल’ को दावेदार  

काठमाडौं । मंसिर २४ गते । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ आईतवारको कार्यक्रमदेखि फाइनलमा प्रवेश गरेको छ ।फाइनलमा चार जना निर्णायकहरु दिप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेलको टिमबाट एक÷एक प्रतियोगीहरु प्रवेश गर्न सफल भएका छन् । 

 

यसअघि सेमीफाइनल पुगेका ८ जना प्रतियोगीमध्ये प्रत्येक टिमबाट एक÷एक प्रतियोगीहरु फाइनलमा प्रवेश गरे । फाइनलमा सिडि बिजय, कुशल, सप्तक र श्रृजय फाइनलमा जान सफल भएका छन् । यी चारजनामध्येबाट नै ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को टाइटल जित्नेछन् । आइतवार ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ चारै फाइनलिस्टहरु सिडि बिजय, कुशल, सप्तक र श्रृजयले आ–आफ्नो प्रस्तुती दिए ।

 

प्रतियोगीहरुको प्रस्तुतीपछि चारै कोचहरुले आफ्नो टिमका प्रतिस्पर्धीहरुको लागि समेत भोट अपिल गरेका छन् । निर्णायकहरुले आफ्नो टिमका प्रतियोगीहरुलाई भोट दिएर ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को बिजेता बनाउन हार्दिक अनुरोध समेत गरेका छन् ।

 

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ आइतवारको कार्यक्रमपछि फाइनलिस्टहरुका साथै सेमीफाइनलमा पुगेका टप ८ जनाले ग्राण्ड फाइनलमा आफ्नो प्रस्तुती दिनेछन् । कतार, दोहाको एमपी थिएटरमा डिसेम्बर १४ तारिख अर्थात मंसिर २८ गते शुक्रबार हुने ग्राण्ड फाइनल नेपालमा कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

 

यो विशेष कार्यक्रममा प्रतियोगीहरुका साथै अन्य नेपाली कलाकारहरुले पनि आफ्नो कलाद्धारा दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नेछन् । कार्यक्रममा चर्चित हास्य कलाकार सिताराम धुर्मुस र कुन्जना सुन्तलिको पनि प्रस्तुती हुनेछ । त्यसैगरि ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ का अन्य सहभागीहरुले पनि आफ्नो कला प्रस्तुत गर्नेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार