• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

महंगीयो सुन,तोलाको ५९ हजार ४ सय 

काठमाडौं । आज सुनचाँदीको मूल्यमा एकैचोटि ४ सय बढेर ५९ हजार ४ सय रुपैयाँ पुगेको छ । यो  मंसिर महिना कै सबैभन्दा उच्च भाउ हो । ।

 

गत शुक्रबार सुन तोलाको ५८ हजार ५ सय रुपैयाँ पुगेको थियो भने बिहीबार प्रतितोला ५८ हजार ७ सयमा कारोबार भएको थियो ।  आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७२० मा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १२ सय ५२ डलर हाराहारीमा कारोबार भएको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको दाँजोमा सोमबार छापावाल सुनको भाउ प्रतितोला ४ सयका दरले बढेर ५९ हजार ४ सय रुपैयाँ कायम भएको हो । तेजाबी सुनको भाउ भने प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय २५ रुपैयाँ पुगेको छ । आइतबार तेजाबी सुन तोलाको ५८ हजार ७ सय र चाँदी तोलाको ७ सय २० रुपैयाँमा कारोबार भएको थियो । 

 

महासंघका अनुसार मंसिर २४ आज सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ तोलाको अधिकतम ५९ हजार ४ सय रुपैयाँसम्म पुगेको छ । यसअघि मंसिर २, ३ र २० गतेको भाउ ५८ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो भने २३ गते ५९ हजार रुपैयाँ पुगेको थियो । 

 

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १२ सय ५२ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार