• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

अन्तरप्रदेश परिषदको बैठक सोमबार पनि जारी  

काठमाडौं । अन्तरप्रदेश परिषदको बैठक आज पनि जारी रहने छ । आइतबारबाट शुरु भएको बैठकमा आज पनि वक्ताहरुले आफ्नो मन्तव्य राख्ने छन् । 


प्रधानमन्त्री कार्यालय सिहंदरबारमा बस्ने बैठकमा तीन मुख्यमन्त्रीले बोल्ने छन्। सोमबार प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले धारणा राख्न बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।


संविधानमको धारा २३४ मा संघ र प्रदेशबिच भएका राजनीतिक विवाद मिलाउन प्रधानमन्त्रीले अन्तरप्रदेश बैठक बोलाउन सक्ने व्यवस्था रहेको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार