• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

पोखरा महानगरपालिकामा सेनेटरी प्याड युक्त विद्यालयल अभियान तीव्र

पोखरा । पोखरा महानगरपालिका विभिन्न वडाहरु तीव्र गतिमा सनेटरी प्याड युक्त घोषणा भैरहेका छन् । ५ वर्षदेखि नै कास्कीमा  विद्यालयमा सेनेटरी प्याड युक्त अभियान सञ्चालन भैरहेका भएपनि अहिले भने निशुल्क शौचालयमा व्याड घोषणा कार्यक्रम तीव्र रुपमा सञ्चालन गरिएको हो । सोही अनुरुप आज एक कार्यक्रम विच  वडा नं २१ का विद्यालयहरु सेनेटरी प्याडयुक्त घोषणा संगै सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

 

लैङ्गिक  हिंसा विरुद्द १६ दिने अभियान अन्र्तगत वडा कार्यलयको सहयोग तथा सामाजिक जागरणका लागि नारी अभियानको पहलमा उक्त घोषणा भएको हो । वडा भित्रका मा वि तहका विद्यालयलाइ ५० थान सेनेटरी प्याड, हेण्ड वास , टावेल हस्तान्तरण गर्दै वडा अध्यक्ष खगराज आचार्यले सम्पूर्ण विद्यालयमा निशुल्क सेनेटरी प्याड व्यवस्थापन गर्ने प्रतिवद्दता जनाए । उनले  संवेदनशील विषयमा कसैको ध्यान नपुगेको भन्दै यो विषयलाइ सानो नसोच्न र सेनेटरी प्याडको व्यवस्थापन गर्न विद्यालयलाइ अनुरोध गरे । विकासका काममा र संवेदनशील विषयमा वडा सदैव जनताको साथमा भएको भन्दै वडाले गरेका गतिविधिका वारेमा समेत जानकारी गराएका थिए ।

 

अभियानका वारेमा जानकारी दिदै अभियन्ता,पत्रकार तथा अधिवक्ता सुष्मा पौडेलले सम्पूर्ण विद्यालयमा सफा खानेपानी ,शौचालय र सेनेटरी प्याडको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औल्याइन । साथै यस्ता विषयमा सचेतना जागृत गर्नुपर्ने भन्दै विद्यालय तहमा महिनावारी भनेको के हो महिनावारी हुदा के गर्ने , प्याडको प्रयोग विषयमा सहजीकरण गरेकी थिइन् । वडा सदस्य अम्विका थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य नन्दलाल अधिकारीले स्वागत गरेका  थिए । 

 

कार्यक्रममा फोहरमैला व्यवस्थापन समितिका अध्यक्ष देवी पोखरेल, विद्यालयका मा वि तहका प्र अ खिमलाल भण्डारी, नारायण दत्त अधिकारी, प्रा वि तहका शिक्षिका लक्ष्मी पोखरेल लगायतले वडालार्इ प्याडयुक्त वनाउन आआफ्नो तर्फबाट पहल गर्नेमा जोड दिए । कार्यक्रममा वडा सदस्यहरु,शिक्षा समिति सदस्य, शिक्षक, आमा समुह, विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार