• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

किन भगवान मान्छन् रजनीकान्तलाई दर्शक

मुम्बई । बलिउड र साउथमा सुपरस्टार रजनीकान्तको फिल्म ‘२.०’ ले प्रर्दशन पुर्व नै उधुम मच्चाएको थियो । साउथका यी सुपरस्टारले बसमा कन्डक्टर देखि अन्य सानातिना काम गरिसेकका छन् । यी कलाकारसँग कलाकारिताको खुबी खासै थिएन । तर अचानक एकदिन बस कन्डक्टर भएर काम गरेका बेला उनको टिकट काट्ने स्टाइल देखेर एक निर्देशक उनीबाट प्रभावित भए र उनलाई फिल्ममा अभिनय गर्ने मौका दिइहाले ।

 

पहिलो फिल्ममा उनको अभिनय जम्मा १५ मिनेटको थियो । तर उनको स्टाइल, इमान्दारिता, सेन्स अफ ह्युमर जस्ता कुराहरुले आज उनी एकदमै पपुलर बनेका छन् । साउथमा उनको तस्वीहरुलाई भगवानका मूर्तिहरुजस्तै बनाएर राखिन्छ । साउथका दर्शकहरु भगवानलाई कम रजनीकान्तलाइ धेरै मान्ने गर्छन । यी कलाकारलाई भगवान मान्नुमा केही कारणहरु छन्:-

 

 

स्टाइल

 

चुरोट तान्दा हावामा घुमाएर सल्काउने र हातमा राखेर मुखमा लाने उनको यो स्टाइल एकदमै प्रख्यात छ । उनको यो स्टाइल धेरैल चोर्ने कोशिस नगरेका पनि होइनन् तर कसैले पनि अहिलेसम्म उनको स्टाइलले चुरोट तान्न सकेका छैनन् । 

 

पंक्चुएलिटि

 

रजनीकान्त समयलाई एकदमै मान्छन् । सुटिङ होस् या कुनै अरु कुनै काम उनी समयमा नै पुगेका हुन्छन् । समयलाई उनी एकदमै ध्यान दिन्छन् । आफु पनि समय नै काम गर्छन र अरुलाई पनि समय काम गर्नु राम्रो हो भन्छन् । 

 

 

सहजता 

 

सबैलाई माया गर्ने कलाकार हुन रजनीकान्त । कसैको पनि कुभलो चिताउँदैनन् । फिल्मको सुटिङ हेर्न आउने दर्शकलाई कहिले रोकतोक गर्दैनन् । उल्टै आउनहोस् आरामले सुटिङ हेर्न सक्नुहुन्छ भन्ने गर्छन रे ।

 

घमण्ड नगर्ने कलाकार 

 

अरु कलाकारहरु जस्तो यी कलाकारमा घमण्डको भावना छैन । सुटिङ सकिएपछि पनि सुटिङकै समुहका मान्छेहरुसँग रमाइरहेका हुन्छन् । सुटिङ सकिएपछि घर जानुको सट्टा उनी सेटमा नै बसेर आराम गरिरहेका हुन्छन् ।

 

सेन्स अफ ह्युमर 

 

रजनीकान्तको सेन्स अफ ह्युमर अचम्मको छ । अरु कलाकारहरु भन्दा यीनीसँग काम गर्न एकदमै मज्जा हुन्छ । फिल्ममा आफ्नो क्यारेक्टरलाई सजिलै बुझछन् यी कलाकार । काम गर्न थालेपछि अरु कुनै कुरामा ध्यान नदिइ केवल आफ्नो क्यारेक्टरमा मात्र ध्यान दिने कलाकार हुन रजनीकान्त । 

 

चर्चित पात्र 

 

उनले अभिनय गरेका फिल्महरुको भूमिकाहरुमा ‘शिवाजी’ मा शिवाजी, ‘लिंगा’मा राजा लिंगेशवरम्, ‘बादशाह’मा मानीकम्म, ‘कोचडीयान’मा कोचडीयान, २.०मा वासीकरण जस्ता अभिनय एकदमै चर्चित छन् । यी क्यारेक्टरहरुले गर्दा नै रजनीकान्त धेरै चलेका हुन । 

 

 

आनी–बानी 

 

हरेक फिल्मपछि उनी ब्रेक लिन्छन् र हिमालयतिर जान्छन् । कति समय त यी कलाकार बैंग्लोरका आफ्नो पुरानो साथीसँग समय बिताउन पनि मन पराउँछन् ।

 

दान  

 

यीनले आफ्नो ६५ औं जन्मदिनमा चेन्नईका बाढिपीडितहरुका लागि दश करोड रुपैयाँ दान गरेका थिए । 

 

सन्तुष्टि

 

यी कलाकारसँग सबै कुरा छ र सबै कुरामा सन्तुष्ट छन् । आफ्नो लागि भनेर भगवानसँग यीनले कहिले केही मागेनन् । बरु उल्टै दर्शकहरुलाई दिएका छन् । 

 

साभार : दैनिक भास्कर


 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार