• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

अधिकारकर्मी कृष्ण कँडेलले ल्याय दोस्रो कविता संग्रह  ‘पाञ्चाली’ 

काठमाडौं । अधिकारकर्मी कवि कृष्ण कँडेलद्वारा लिखित  ‘पाञ्चाली’ कविता संग्रह काठमाडौंमा एक कार्यक्रबीच विमोचन गरिएको छ ।  

 

मानव अधिकार तथा शान्ति समाजद्वारा प्रकाशित पाञ्चाली कविता संग्रह वरिष्ठ नाटककार अशेष मल्ल, वरिष्ठ पत्रकार किशोर नेपाल, प्रा.डा. सावित्री कक्षपति, शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, गजलकार ज्ञानुवाकर पौडेल लगायतले विमोचन गरेका थिए । 

 

कार्यक्रममा पत्रकार किशोर नेपालले  ‘देश सिथिल भएको बेला कविताले क्रान्ति ल्याउँछ। अहिले देश सिथिल भएको छ। यही बेला उर्जा थप्न नेपाली काब्य जगतमा कृष्ण कँडेलको कविता सङ्ग्रह पाञ्चाली कृतिमाथी  प्रशंसा गरेका थिए ।  पत्रकार नेपालले अहिले कविता र देश दुवैले अर्थ गुमाएको बताए। उनले भने, ‘अहिले देश सिथिल छ। कसैमा कुनै उर्जा छैन। 

 

यस्तै कार्यक्रमका प्रमुख अतिथि अशेष मल्लले  एक युगमा एक जना मात्र कवि जन्मिने भएकाले कृष्णका कवितामा पनि  युगले मागेको काब्बीक दम भएको बताए।

 

विमोचित पुस्तक र कवि कृष्ण कँडेलबारे केन्द्रीत रहि ज्ञानुवाकर पौडेल, प्रा.डा. सावित्री कक्षपति, शान्ति समाजका निवर्तमान सभापति तथा सल्लाहकार डा. गंगाधर अधिकारीले मन्तव्य व्यक्त गरेका थिए । कवि कँडेलको यो दोस्रो कविता संग्रह हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार