• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

मन्त्रिपरिषद बैठकले के-के गर्‍यो नयाँ निर्णय ?

 काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा रमेशकुमार पोखरेल (मोरङ ५ विराटनगर)लाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

 

त्यस्तै दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा सिफारिश गर्न तीन सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरेको छ ।

 

मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

 

यसैगरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई सङ्ग्रहालय बनाउने, पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम (पूर्वी रुकुम)को केन्द्र साविक कोल गाविसको कार्यालयबाट परिवर्तन गरी तक्सेरामा कायम गर्ने, नेपाल–भारत एकीकृत भन्सार जाँच चौकी वीरगञ्जको जग्गा मुआब्जा विवाद समाधान गर्नका लागि भन्सार स्थापना गर्दा विस्थापित भएर घरबारविहीन हुन पुगेका परिवरलाई प्रतिपरिवार रु एक लाख ५० हजार र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेकालाई प्रतिपरिवार रु एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय पनि बैठकले गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

 

बैठकले नेपाल र श्रीलङ्काबीच संयुक्त हुलाक टिकट प्रकाशन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न र हुलाक सेवासम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणा पनि स्वीकृति गरिएको छ ।

 

पोल्याण्ड सरकारद्वारा राष्ट्रसङ्घीय संरचना महासन्धिअन्तर्गतका पक्षराष्ट्रको २४औँ सम्मेलनमा घोषणा गर्ने ‘प्रस्ताव सोलिडारिटी एण्ड जस्ट ट्राजिसन साइलेसिया डिक्लिरेशन’ अनुमोदन गर्ने पनि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको उनले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार