• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सरकारले १४९ रोपनी जग्गामा २७ वटा आवास भवन निर्माण गर्ने 

काठमाडौं । सरकारले विशिष्ट ब्यक्तिहरुका लागि २७ वटा आवास भवन निर्माण गर्ने निर्णय गरेको छ ।

 

मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । 

 

ललितपुर जिल्ला, ललितपुर महानगरपालिका सैँबु भैंसेपाटीस्थित सैँबु आवास क्षेत्रमा सांसद आवास गृहका लागि छुट्याइएको १४९ रोपनी जग्गामा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख र मन्त्रीका लागि २७ वटा आवास भवन निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।

 

साथै सोही जग्गामा प्रदेश प्रमुख र मुख्यमन्त्री आवास÷सम्पर्क कार्यालयका लागि १४ वटा भवन निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।

 

बैठकले ललितपुरको पुल्चोकस्थित हाल मन्त्री निवासमा रहेको परिसरमा १० वटा राजकीय अतिथिगृह निर्माण गर्ने र यसका लागि मन्त्री निवास रहेको जग्गा अपर्याप्त भएमा राष्ट्रिय पुस्तकालय रहेको छेउको सरकारी जग्गा उपयोग गर्ने निर्णय गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।

 

काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न नुवाकोट जिल्लास्थित बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारसहितको ल्याण्डफिल्ड निर्माण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिने पनि बैठकले निर्णय गरेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार