• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

डा.सिके राउतलाई पुर्पक्षका लागि कारागार पठाइयो

काठमाडौं । जिल्ला अदालत रौतहटको आदेशमा छुट्टै मधेशको मागसहित तराईमा आफ्नो गतिविधि गरिरहेका डा.सिके राउतलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

 

जिल्ला न्यायाधीश अम्बिका निरौलाको इजलासले राउतलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए।

 

उनका अनुसार राउतलाई रौतहटकै जिल्ला कारागारमा पठाइएको छ । केही दिनअघि पक्राउ परेका डा. राउतमाथि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरेको थियो ।

 

संगठित अपराध मुद्दामा प्रहरी अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनको मुद्दा अदालतमा पेश गरेको थियो । बिहीबार जिल्ला अदालतले उनलाई पुर्पक्षमा पठाउन आदेश दिएको हो ।

 

यसअघि, सर्वोच्च अदालतले सिके राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको थियो ।

 

गत सोमबार न्यायाधीशद्वय  दीपकराज जोशी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले रिट खरेज गर्ने निर्णय गरेको थियो । राउतलाई प्रहरीले असोज २१ गते रौतहट प्रहरीले पक्राउ गरेको थियो ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार