• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
बिश्व

इरानमा बम बिस्फोटबाट तीन जनाको मृत्यु

तेहरान । प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा तीन जनाको मृत्यु भएको सरकारी समाचार संस्था इर्नाले जनाएको छ । इरानको अशान्त चाबाहार शहरमा उक्त आक्रमण भएको थियो । 

 

स्थानीय टेलिभिजनका अनुसार आतङ्कवादी आक्रमणबाट अरु धेरै व्यक्ति घाइते भएका छन् । 

 

बम आक्रमण भएको सिस्तान–बलुचिस्तान प्रान्त पाकिस्तानी बलुची पृथकतावादी र जिहादी समूहको आश्रयस्थल पनि हो । यी समूहले इरान–पाकिस्तानको सीमा वारपार बेलाबखत हिंसात्मक आक्रमण गर्ने गरेका छन् । एएफपी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार