• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछ । 

 

सातदोबाटो स्थित एन्फा मैदानमा हुने छैटौँ चरणको अन्तिम दिनको खेलमा आज फ्रेन्स क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबसँग खेल्नेछ ।

 

लिगको उपाधि दाबेदार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्ड्सविरुद्व जीत निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिने मौका छ । पहिलो खेलमा न्यूरोड टिम एनआरटीसँग २–२ को बराबरीमा रोकिएपछि आर्मीले लगातार चार खेलमा जीत हात पारेको छ । 

 

आर्मी पाँच खेलबाट १३ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । फ्रेण्ड्स चार अङ्कसहित तालिकाको १०औं स्थानमा छ । ब्रिगेड पाँच खेलबाट तीन अंक जोडेर १२औँ स्थानमा रहँदा मछिन्द्र दुई अङ्कका साथ तालिकाको १३औं स्थानमा छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार