• बिहीबार ८-२७-२०७५/Thursday 12-13-2018
स्वास्थ्य

विराटनगरम ‘छोरी बचाउ अभियान’ 

विराटनगर । म्याक्स इण्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिले ‘छोरी बचाउ अभियान’ सञ्चालन गरेको छ । 


सो अभियानअन्तर्गत बुधबारदेखि यस अस्पतालमा छोरी जन्माउने नर्मल डेलिभरी तथा शल्यक्रियावापत लाग्ने सम्पूर्ण खर्च निःशुल्क गरेको अस्पतालका अध्यक्ष शत्रुघन यादवले बताए। उक्त अस्पतालले ज्येष्ठ नागरिक सम्मान सेवा कार्यक्रम पनि सञ्चालन गरेको छ ।

 
सो बमोजिम ७० वर्ष र सो भन्दा माथिका ज्येष्ठ नागरिकलाई अस्पतालको सेवामा २५ प्रतिशत छुटको व्यवस्था गर्नाका साथै शहीद परिवार सम्मान सेवाअन्तर्गत विभिन्न चरणका आन्दोलनमा घाइते/अङ्गभङ्ग भएका तथा शहीद परिवारलाई अस्पतालको सबै सेवामा २५ प्रतिशत छुटको घोषणा गरिएको बुधबार यहाँ आयोजित र सम्मेलनमा जनकारी दिइयो । 

 

आफ्ना सेवाहरु विस्तार गर्दै लैजाने योजनामा रहेको महेन्द्र चोकस्थित सो अस्पताल निर्माणमा रु ११ करोड ५० लाख खर्च भएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार