• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

ए डिभिजन लिगमा आज दुई खेल हुँदै, आर्मिले फ्रेण्ड्सको सामना गर्दा ब्रिगेड ब्वाइज र मछिन्द्र आम्नेसाम्ने हुने 

काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लबले एनआईबीएल फ्रेन्ड्स क्लबको सामना गर्दैछ । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लब भिड्नेछन् ।


लगातार राम्रो प्रदर्शन गरिरहेको आर्मिले पहिलो खेलमा न्यू रोड टिम (एनआरटी) सँग २–२ को बराबरीमा रोकिएपछि ४ खेलमा जित हात पारेको छ ।

 

आर्मी फ्रेन्ड्सविरुद्ध खेलमा जित दर्ता गर्दै शीर्ष स्थानको मनाङसँगको अग्रता २ अंकमा झार्ने प्रयासमा हुनेछ । मनाङले ६ खेलमा शत प्रतिशत जितसहित १८ अंक जोडेको छ ।

 

दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबको सामना गर्नेछ । ब्रिगेड ब्वाइज ३ अंक जोड्दै १२ औं स्थानमा छ भने २ अंक बोकेको मछिन्द्र पुछारबाट दोस्रो स्थानमा छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार