• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

‘स्वरसम्राट नारायणगोपाललाई राष्ट्रिय विभूतिको सूचीमा राखौं’

काठमाडौं । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यलाई राष्ट्रिय विभुतिको सूचीमा राख्न एक कार्यक्रमका बक्ताहरुले धारणा राखेका छन् ।

 

२८औं स्मृति दिवसका अवसरमा बुधबार नारायणगोपाल संगीत कोषले बुधबार काठमाडौंमा आयोजना गरेको स्मृति दिवसमा संगीत क्षेत्रमा विशेष योगदान पुर्‍याउने ६ जना स्रष्टाहरुलाई नगद पुरस्कारसहित नारायणगोपाल विशेष सम्मान प्रदान गरियो ।

 

सम्मानित हुनेहरुमा गायक तथा संगीतकार कर्म योञ्जन, गीतकार नीर शाह, दीर्घसिंह बम, विश्वम्भर प्याकुरेल, राजेन्द्र रिजाल र दिनेश अधिकारी छन् ।

 

सम्मानित स्रष्टाहरुले नारायणगोपालले नेपाली संगीत क्षेत्रमा दिएको योगदानकाबारेमा चर्चा गर्दै उनलाई राष्ट्रिय विभूतिको सूचीमा राख्न सरकारसित माग गरेका थिए ।

 

कार्यक्रमका अरु सहभागीहरुले नारायणगोपाल नेपालीको ढुकढुकीमा बाँचीरहने एक अदभूत प्रतिभा रहेको बताए ।

 

कार्यक्रममा विभिन्न कलाकारहरुले नारायणगोपालले गाएका गीतको सांगीतिक प्रस्तुति दिएका थिए ।

 

नारायणगोपाल संगीत कोषले ६ करोड रुपैयाँको लागतमा चाँडै नै गीत–गंगा नामक हल निर्माण गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार