• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

एनआइसी एशियाको शेयर मूल्य समायोजन,नाफाबाट दश प्रतिशत लाभांश शेयर दिने प्रस्ताव

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एनआइसी एशिया बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४र७५ को नाफाबाट दश प्रतिशत लाभांश शेयर दिने प्रस्ताव गरेको थियो ।

 

सोही प्रस्तावअनुसार आज स्टकमा नयाँ शेयर मूल्य रु ३७१ हुने गरी समायोजन गरेको हो । उक्त बैंकको औसत आधारमूल्य भने रु ४१८ कायम भएको नेप्सेले जनाएको छ ।

 

 लभांश शेयरपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब ८३ करोड पुग्नेछ । यस्तै वित्तीय विवरण दिन अस्वीकार गरेको भन्दै स्टकले कारोबारमा रोक लगाएको नेपाल ल्युब आयलको कारोवार आजदेखि पुनः शुरु भएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार