• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

मृत महिलाको पाठेघर प्रत्यारोपण गरेर स्वस्थ बालिकाको जन्म

ब्राजिलमा मृत्यु भइसकेकी एकजना महिलाको पाठेघर प्रत्यारोपण प्रयोग गरेर एउटी स्वस्थ बालिकाको जन्म भएको छ।

 

सन् २०१६ मा ब्राजिलको साओ पाउलोमा उक्त प्रत्यारोपणसम्बन्धी १० घण्टा लामो शल्यक्रिया भएको थियो र पछि गर्भाधानसम्बन्धी उपचार गरिएको थियो।

 

पाठेघर प्रत्यारोपणपछि आमा बनेकी ती बत्तीस वर्षीया महिला पाठेघर बिनै जन्मेकी थिइन्।


जीवित महिलाले नै दान गरेका पाठेघर प्रयोग गर्दै ३९ वटा पाठेघरहरू प्रत्यारोपण गरिसकिएको छ। त्यसमा छोरीलाई आफ्नो पाठेघर दिने आमाहरू पनि रहेका छन् र ११ जना शिशुको त्यसरी जन्म भइसकेको छ।

तर मृत्यु भइसकेका दाताहरूको पाठेघर प्रत्यारोपण गर्ने यसअघिका १० वटा प्रयासहरू कि त असफल भएका थिए कि त गर्भ तुहिएका थिए।


यस पटक, ती पाठेघर दाता ४० वर्षको हाराहारीमा रहेकी तीन छोराछोरीकी आमा थिइन् जसको मस्तिष्कमा रगत बगेर मृत्यु भएको थियो।

 

पाठेघर प्रत्यारोपण गरिएकी महिला चाहिँ प्रत्येक ४५ सय महिलामा एकजनामा देखिने एकप्रकारको सिन्ड्रोमबाट ग्रस्त थिइन्। त्यस्तो अवस्थामा महिलाको योनी र पाठेघर राम्रोसँग विकसित हुँदैन।

 

तर उनको डिम्बाशयमा केही समस्या थिएन। र चिकित्सकहरूले उनको डिम्ब निकाल्न सफल भएका थिए र पुरुषको वीर्यसँग गर्भाधान गराई चिस्यानमा राखेका थिए।

 

ती महिलालाई त्यस्ता औषधिहरू दिइएको थियो जसले उनको रोगप्रतिरोधी प्रणालीलाई कमजोर पार्दथ्यो। उनको शरीरलाई पाठेघरको प्रत्यारोपण स्वीकार गराउनका लागि त्यसको गरिएको थियो।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार