• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

प्रियंका–निकको दिल्ली रिसेप्सनमा पुगे प्रधानमन्त्री मोदी

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासले  दिल्लीको ताज प्यालेस होटलमा बिहेको पहिलो रिसेप्सन पार्टी दिएका छन् ।

 

दिल्लीको ताज प्यालेसमा मंगलबार यो जोडीले आफ्नो विवाहको पहिलो पार्टी आयोजना गरेको थियो ।  कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सहभागी भएर यो जोडीलाई बधाई दिएका छन् । उनको विवाहमा मुकेश अम्बानी आफ्नो  परिवार सहित पुगेका थिए ।
 

निक र प्रियंकाका परिवारका सदस्य र अन्य सेलिब्रेटीहरु पनि यो कार्यक्रममा सहभागी थिए । दोस्रो रिसेप्सन मुम्बईमा हुने जनाइएको छ तर अहिलेसम्म मिति भने सार्वजनिक भएको छैन ।

 

प्रियंका चोपडाको विवाह दुई रीतिरिवाजअनुसार भएको थियो । उनले पहिलोपटक  क्रिस्चियन परम्पराअनुसार गरेकी थिइन् भने दोस्रोपटक हिन्दूपरम्पराअनुसार विवाह गरेकी हुन् ।

 

सन् २०१७ को मेट गालामा उनीहरू पहिलोपटक सँगै देखिएका थिए।  एजेन्सीको सहयोगमा

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार