• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

तरुण दलद्धारा विवादास्पद पुरस्कार फिर्ता गर्न प्रमलाई आग्रह 

काठमाडौं । विवादास्पद संस्थाले दिएको पुरस्कार फिर्ता गर्न प्रधानमन्त्रीलाई कांग्रेस भातृ संगठनले आग्रह गरेको छ । 

 

नेपाल तरुण दलले एक विज्ञप्ती जारी गर्दै युनिभर्सल विवादित क्रिश्चियन धर्म प्रचारक संस्था पिस फेडेरेसनले दिएको पुरस्कार फिर्ता गर्न दवाव दिएको हो । 

 

प्रधानमन्त्री ओलीले विवादास्पद संस्थाले दिएको रकम फिर्ता नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत तरुण दलले दिएको छ।

 

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को स्वीकृतिबिना पुरुस्कार ग्रहण गर्नु कानुनविपरीत रहेको तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

तरुण दलले कुनै पनि संस्थाबाट बिनाकारण पुरस्कारका नाममा यति ठूलो रकम ग्रहण गर्नु खुला कमिसन र भ्रस्टाचार भएको आरोप लगाएको छ। तरुण दलले कार्यक्रमको नाममा भएको खर्चको पनि छानबिन गर्न सरकारसँग माग गरेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार