• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

मिस नेपाल श्रृंखला मिस वर्ल्डको फाइनलमा

काठमाडौं । मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएकी छिन् ।

 

विश्वका १ सय २१ प्रतिस्पर्धी सुन्दरीबीच चीनको सान्या सहरमा जारी प्रतियोगितामा उनले मल्टिमिडिया अवार्ड हात पार्दै उत्कृष्ट ३० मा प्रवेश गरेकी हुन्। 

 

मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए । त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए ।

 

यससँगै श्रृंखला मिस वर्ल्ड २०१८ को फाइनमा प्रवेश गरेकी छिन् । प्रतियोगिताको फाइनल डिसेम्बर ८ मा हुँदैछ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार