• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

नेकपा प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

काठमाडौं । सात वटै प्रदेशका कमिटीहरुलाई पूर्णता दिँदै सत्तारुढ नेकपाले आफ्ना सातवटै  प्रदेश कमिटीका सम्पूर्ण सदस्यहरुको नाम सार्वजनिक गरेको छ।

 

नेकपाका महासचिव बिष्णु पौडेलले सोमबार  अपरान्ह विज्ञप्ती जारी गरी  पूर्णता पाएका सबै प्रदेश कमिटीका सदस्यहरुको नाम सार्वजनिक गरेका हुन्। असोज ५ गतेको सचिवालय बैठकले सातै प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो ।

 

त्यस्तै सचिवालय बैठकले प्रदेश कमिटीको नामावलीको प्रस्ताव तयार पार्न र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको खाका तयार पार्न रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

 

२ सय ७ सदस्यीय प्रदेश १ कमिटीमा पूर्व एमालेबाट १ सय २२ र पूर्व माओवादी केन्द्रबाट ८५ जनाले अवसर पाएका छन्।

 

भागबण्डाको सुची : 

प्रदेश १
जम्मा संख्या- २०७
नेकपा एमाले- १२२
नेकपा माओवादी केन्द्र- ८५

प्रदेश–२
जम्मा संख्या-२१५
नेकपा एमाले-१०६
नेकपा माओवादी केन्द्र-१०६
पार्टी एकतापछि नेकपा प्रवेश गर्ने-३

प्रदेश–३
कमिटीका संख्या-२१७
नेकपा एमाले-११६
नेकपा माओवादी केन्द्र-१०१

गण्डकी प्रदेश :
जम्मा संख्या-१ सय ८७
नेकपा एमाले-१०२
नेकपा माओवादी केन्द्र-८५

प्रदेश ५
कमिटी संख्या-२०३
नेकपा एमाले-१०६
नेकपा माओवादी केन्द्र-९७

कर्णाली प्रदेश :
कमिटीका संख्या-१७५
नेकपा एमाले-८७
नेकपा माओवादी केन्द्र-८८

सुदुर पश्चिम प्रदेश :
जम्मा संख्या-१८३
नेकपा एमाले-१००
नेकपा माओवादी केन्द्र-८३ 

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार