• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
रंगमञ्च

फागुन १३ देखि २० सम्म ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव–२०७५’ हुँदै

काठमाडौं । नेपालका आठ नाट्य समूहहरुको सहकार्यमा  ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव–२०७५’ आयोजना हुने भएको छ । ‘सामाजिक रुपान्तरणका लागि कलात्मक यात्रा’ मन्त्र सहित आयोजना हुने महोत्सवले सामाजिक समानता र सद्भावलाई बढावा दिनुका साथै रंगमञ्चको माध्यमबाट सामाजिक विषयहरुमा काम गर्न र अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक आदानप्रदान गर्न कलाकारहरुलाई प्रेरित गर्ने बताइएको छ ।

 

मण्डला थिएटर नेपालसहित काठमाडौंका अन्य नाट्यसँस्था शिल्पी थिएटर, सर्वनाम थिएटर, कथाघेरा, थिएटर मल, एक्टर्स स्टुडियो, वन वल्र्ड थिएटर र थिएटर भिलेज सहकार्यमा महोत्सव हुन लागेको हो । 

 

आयोजक मध्ये काठमाडौं भित्रका पाँच संस्थाहरुले कलाकारहरूको श्रम तथा लगानीमा नाटकघरको निर्माण गरेर विगत दश वर्षदेखि नियमित नाटक मञ्चन गरिरहेका छन् । नाटकघर नभएका अन्य तीन संस्थाहरु पनि लामो रंगमञ्चीय अभ्यासका कारण देश विदेशमा परिचित छन् । नेपाली रंगमञ्चमा नाट्य मेला, उत्सवहरुको अभाव भइरहँदा पनि राज्यस्तरबाट पहल नभएका कारण देशैभरिका रंगकर्मी जुटेर यस महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवलाई समानान्तर रुपमा काठमाडौं बाहिरका दुईवटा शहरहरुमा समेत लैजाने निर्देशक राजन खतिवाडाले बताए । खतिवडाले भने, “स्थानीय स्तरमा काम गरिरहेका कलाकर्मीहरुलाई उत्प्रेरणा र सहयोगको वातावरण बनाउन स्थानीय निकायहरुसँग समन्वय गरी समग्र रंगमञ्च र अन्य प्रदेशहरुमा समेत नाट्य संस्कृतिको विकास गर्नुलाई यस महोत्सवले आफ्नो उद्देश्य ठानेको छ । 

 

आठ दिवसीय यस महोत्सव अन्तर्गत काठमाडौंका पाँच नाटकघरहरुमा १३ देखि २० फागुन २०७५ सम्म ३० वटा स्वदेशी तथा विदेशी नाटक मञ्चन गरिनेछन् । राजधानी स्थित सर्वनाम थिएटर (कालिकास्थान), मण्डला नाटकघर (अनामनगर), कौसी थिएटर (टेकु), गोठाले नाटकघर (बत्तीसपुतली) र थिएटर मल (कीर्तिपुर) मा हरेक दिन फरकफरक नाटकहरु मञ्चन गरिनेछ । महोत्सव अन्तर्गत नाट्य मञ्चनका अतिरिक्त विविध सांस्कृतिक झाँकीहरु, नयाँदेखि पुराना नाटकका फोटो प्रदर्शनी, दैनिक अन्र्तक्रिया, कवितावाचन, चित्रकला प्रदर्शनी, रंगकर्मीहरुलाई सम्मान र पुरस्कार वितरण लगायत कार्यक्रम समेत आयोजना गरिनेछन् ।

 

महोत्सवमा सहभागिताका लागि ३० नोभेम्बर देखि ३१ डिसेम्बर २०१८ ९१४ मंसिरदेखि १६ पुस २०७५० सम्म आवेदन दिन पाइनेछ । प्राप्त आवेदनहरुबाट महोत्सवको सल्लाहकार समितिले मञ्चनका लागि करिव ३० वटा नाट्य प्रस्तुतिहरु छान्नेछन् । महोत्सवको पहिलो दिन नेपाली नाट्य जगतमा विशिष्ट योगदान पु¥याउने ६ जना रंगकर्मी निर्देशकहरुलाई सम्मान गरिनेछ । 

 

नेपाली नाटककोे क्षेत्रमा काम गर्न चाहने दुई रंगकर्मीर अनुसन्धातालाई मौलिक नाटक निर्माण अथवा अनुसन्धानका लागि प्रोत्साहन पुरस्कार जनही नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ । पुरस्कारका लागि १४ मंसिर २०७५ देखि ३ फागुन २०७५ सम्म ईच्छुकले आफ्नो मौलिक योजना सहित आवेदन दिन सक्नेछन् । महोत्सवका संरक्षक सल्लाहकारको निर्णयबाट छानिएका आवेदकलाई महोत्सवको अन्तिम दिन ’युनिक आइडिया इनोभेसन अवार्ड’ प्रदान गरिनेछ ।

 

'महोत्सवमा खर्चका लागि करिब दुई करोड बराबरको अनुमानित लगत निकालिएको छ जसमध्ये आधा रकम बराबरको श्रोत आयोजक समुहहरुले आन्तरिक श्रोतबाट योगदान गर्नेछन् भने बाँकी रकमका लागि सरकारी/गैरसरकारी अनुदान र प्रायोजकहरुलाई अनुरोध गरिनेछ,' खतिवडाको भनाई थियो। 
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार