• शनिबार १-८-२०८१/Saturday 04-20-2024
विचार

सामाजिक सुरक्षाकोषमा ‘ओलीको’ जोश

देवी सापकोटा

काठमाडौंमा अन्यदिनमा भन्दा फरक दृश्य देखियो । शहरका पोलहरु प्रधानमन्त्री ओलीको फोटो सहितको प्रचार सामाग्रीले रंगिएको थियो । बटुवाहरुले भन्दै थिए ‘हैन यो के गर्न लागे हाम्रा प्रधानमन्त्रीले ’ । अर्को एक बटुवाले थप्दैं थिए, अब हामी मजदुरहरुका पनि सुखका दिन आए’ अन्य केहीले पृष्ठभुमिमा भन्दै थिए ‘काम गरेर देखाउनु पर्‍यो यो हल्ला धेरै भयो’ व्यक्ति पिच्छेका फरक मतहरु सडक देखि सामाजिक संजालसम्म थिए । सामाजिक संजालमा भने कार्यक्रम राम्रो भएको तर तामझाम बढी भएको आवाज  चर्को रुपमा उठेको थियो ।

 

कोषको शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै गर्दा हाम्रा प्रधानमन्त्रीको जोश देखेर कार्यक्रम स्थलमा भेटिएका जो कोहिले ताली बजाए । यस्तो लाग्छ त्यहाँकुनै सास्कृतिक कार्यक्रम भइरहेको छ । हास्यकलाकारहरुको बेजोडको प्रस्तुति चलिरहेको छ । देशको सम्मानिय प्रधानमन्त्री बोल्दा दर्शक दिर्घबाट हाँसोको फोहोरा छुट्दा केही फरक महशुस अवश्यपनि भयो तर उनी बोल्ने हरेक जसो कार्यक्रममा हास्य रस ज्यादा नै हुन्छ । त्यसैले कतिपयले त्यसलाई सामान्य रुपमा लिए ।

 

कार्यक्रममा उनले झण्डै ४० मिनेट बोले । अधिकांश समय भने उनले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसलाई देखाउनको लागि नै यो सबै गर्नु परेको आसय व्यक्त गरे । ९ महिनामा सरकारले सिन्को पनि भाचेन भनेर संचार माध्यममा आफूहरु बारे गलत टिप्पणी आएको भन्दै उनले थपे ‘यो सरकारको कामसिन्को भाच्ने, जुर्मा मार्न होइन, काम गर्ने हो काम एकपछि अर्को गर्दै जनताले देख्दै जानेछन्’ । प्रधानमन्त्रीले जुनहिसावले प्रतिपक्षमाथी आक्रोस पोखे त्यो जरुरी थिएन ।

 

हिजोका दिनमा परिर्वतनको लागि संगै सडकमा उभिएको पार्टी अहिले सत्तामा छैन । कतिपय राम्रा कार्यक्रम नेपालीकांग्रेसले पनिल्याएको थियो । तर, उनले त्यसको जस आफूले मात्रै लिन खोजेको आमबुझाइ छ । प्रधानमन्त्रीले कार्यक्रममा बोल्दैगर्दा अब मजदुरी गर्नका दु.खका दिनगए भन्ने कुरालाई पटक पटक व्यक्त गरे । यो कार्यक्रम प्रभावकारी भयो भने लाखौं मजदुरको जीवनमा यसले पक्कै सहजताल्याउने छ । त्यसका लागि सरकारले यती ठूलो कोषको रकमलाई कसरी व्यवस्थापन गर्छ र आम मजदुरकोमा त्यो कसरी पुग्छ ? यसमा सरकारको तयारी कस्तो छ ? अन्योल कायम छ ।

 

सामाजिक सुरक्षाकोषले मजदुरको स्वास्थ्य उपचार, दुर्घटना बिमा, वृद्द अवस्थामा पेन्सन लगायतका कुरालाई जोड दिएको छ । जुन घोषणा सरकारले ग¥यो यो आफैमा स्वागत योग्य छ । तर यसलाई निरन्तरता दिन यसको सफल कार्यान्वयन गर्नकालागि सरकारले पर्‍र्याप्त तयारी गर्न आवश्यक छ ।

 

होइन भने सिन्डीकेट हटाउने चर्चा जस्तै केही समय सबै तिर चर्चा पाउने तर नतिजा मुखी बन्न सकेन भने भोलिका दिनमा ती लाखौं मजदुरले सरकारलाई धारे हाँत नलगाउलान भन्न सकिन्न । त्यसैले सरकारले बेलैमा यसको गृहकार्य गर्न जरुरी छ । केही समयका लागिचर्चा बटुल्न मात्रै घोषणा गरेको जस्तो हुनु हुदैंन । सरकारले अबका दिनमा कोषको व्यवस्थापन कसरी गर्छ भन्ने अर्को प्रश्न खडा भइसकेको छ ।

 

सरकार, उद्योगी व्यवसायी र र्टेड युनीयनले यसको प्रभावकारी कार्यन्वयनमा सबै पक्षले साथ र सहयोग गर्ने बचन दिइरहँदा आउने दिनमा कोषको रकमको सही परिचालन हुन पाएनभने त्यो दु.खद कुरा हुने छ । मजदुरको न्युनतम तलब १३ हजार हो । हरेक महिना रोजगारदाताको २० र मजदुरको  ११ प्रतिशत रकम गरेर ३१ प्रतिशत रकम जम्मा हुने छ । उक्त रकम श्रमिकले आफ्नो आउने दिनका लागि जोहो भनेर अनुभुतहुने गरी सरकारले यसमा चासो दिन जरुरी छ । 

 

वृद्ध अवस्थाका लागि सुरक्षा योजनाले बाँकी जीवन सहज हुने आशय धेरै पटक उच्चारण गर्दैगर्दा भोलीका दिनमा उनै मजदुरहरुलाई विस्थापन गर्ने काम नहोस । सरकारले गरेको घोषणा नतिजा मुखी होस ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार