• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
शिक्षा

वक्तृत्वकला प्रतियोगिताको चितवन अडिसन सम्पन्न

युथ भिजन ग्रुपले आयोजना गरेको खुल्ला वक्तृत्वकला प्रतियोगिता अन्तर्गतको चितवन अडिसन सम्पन्न भएकोछ ।

 

 गैंडाकोटमा अवस्थित वाल बिकास स्कुलमा आयोजना गरिएको उक्त अडिसनमा २१ जनाले सहभागीता जनाएकोमा उत्कृष्ट ११ जनालाई दोस्रो चरणका लागि छनौट गरिएको युथ भिजन ग्रुपका प्रबन्ध निर्देशक छबी शर्माले बताए।

 

 चितवन अडिसन सम्पन्न गर्न नारायणगढमा अवस्थित युनिक्याम्पस ग्लोबल,लायन्स कलब बागेश्वरी गैडाकोटले समन्वयकारी भूमिका निर्बाह गरेका थिए  । 

 

 कार्यक्रममा छनौट हुने उत्कृष्ट ११ जनामा प्रदिप्ती कंडेल,  रोजिना घले ,प्रकृति न्यौपाने ,एन्जिला चापागाइ,निशा ढकाल , सहारा सापकोटा  अन्जना थपलिया,ममता अधिकारी,उन्नती कंडेल,स्नेहा बिस्वकर्मा र रक्षा पौडेल  रहेका छन् । 
  
  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार