• शनिबार १-८-२०८१/Saturday 04-20-2024
रंगमञ्च

शैली थिएटरले दशौं राष्ट्रिय बाल नाटक महोत्सव गर्ने

काठमाडौं । शैली थिएटरले ‘दशौं राष्ट्रिय बाल नाटक महोत्सव २०७५’ आयोजना गर्ने भएको छ । थिएटरले बालबालिकालाई रङ्गमञ्च, कला र साहित्यतर्फ काम गर्न प्रोत्साहान र अवसर दिने हेतुले महोत्सव आयोजना गर्न लागेको हो । थिएटरले सम्पूर्ण व्यक्ति, संस्था, स्कुल, नाटक समूहलाई मंसिर २९ गते भित्र महोत्सवका लागि स्कृप्ट बुझाउन आह्वान समेत गरेको छ

 

प्रतियोगितात्मक महोत्सव भएकाले बालबालिका उत्साहित बनाउन आयोजकले पुरस्कारका विधा पनि राखेको छ । थिएटर महोत्सवका संयोजक आर्यन न्यौपानले भन्छन्, 'छनोट भएर मञ्चनमा लगिएका नाटकहरूलाई मञ्चनकै अविधमा विज्ञहरुको निर्णायक टोलीले विभिन्न पक्षबाट मूल्याङ्कन गरी  ६ वटा पुरस्कारहरु दिनेछन् । उनका अनुसार, उत्कृष्ट अभिनय पुरस्कार दुई जनालाइ रु. १००००  दिइनेछ भने रु. ७००० उत्कृष्ट निर्देशन पुरस्कार र उत्कृष्ट नाटक पुरस्कारको निम्ति प्राप्त हुनेछ । प्रोत्सहान पुरस्कार र पव्लिक च्वाईस पुरस्कार स्वरुप दुई जनालाइ रु. ५००० दिइनेछ र साथै सहभागी सम्पूर्णलाई प्रमाणपत्र वितरण गरिनेछ ।

 

महोत्सवमा सहभागी नाटकका लागि कुनै पनि तरिकाले बालबालिकासँग जोडिएको हुनुपर्ने, एउटा नाटकमा बढीमा १५ जनामात्र कलाकार हुनुपर्ने र नाटक ७० मिनेट भन्दा लामो हुन नहुने प्रावधान आयोजकले तोकेको छ । 

 

नाटक दर्ताका लागि शैली थिएटरको कार्यलय रुसी सास्कृतिक केन्द्र कमलपोखरीमा बिहान ८ बजेदेखी ११ बजेसम्म सम्पर्क गर्न सकिने कार्यलय सचिव सुवाश सुवेदीले जानकारी दिए । उनले भने, महोत्सवका लागि छानिएका तथा माघ महिनाको दोश्रो हप्ता मञ्चन हुने नाटकहरुको सुची पुस २ गते सार्वजनिक गरिनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार